बिहिबार , बैसाख १३, २०८१

तपाईं कस्तो वातावरणमा हुर्किनु भयो र कस्तो शिक्षा–दिक्षा पाउनु भयो भन्ने कुराले पनि तपाईको भविष्य निर्धारण गर्छ । यही कारण पछि गएर सम्बन्धमा असमझदारी, तनाव, झगडा हुने गर्दछ । यसको मूख्य कारण भनेको अक्सर पैसा हुने गर्दछ ।

यस्तोमा बिवाह अगाडि नै फाइनान्सियल विषयमा खुलेर कुराकानी गर्नु राम्रो हुन्छ । प्रेम विवाह होस् वा मागी विवाह यी दुबैमा यो गर्नु आवश्यक छ । यदि तपाई हुनेवाला जीवनसाथीलाई राम्ररी जान्नु हुन्न वा लामो समयदेखि जान्नु हुन्न भने पैसासँग सम्बन्धित प्रश्न सोध्न असहज हुनसक्छ ।

तर कुरा तपाईको भविष्यसँग जोडिएको हुन्छ । पैसाको विषयमा सानो मुनमुटावले तपाईको सम्बन्धमा ठूलो पर्खाड खडा गर्न सक्छ । यसकारण पैसासँग सम्बन्धित यी पाँच प्रश्न विवाह अगाडि नै आफ्नो हुनेवाला जीवनसाथीसाथीसँग सोध्नुहोस् :

प्रश्न १. तपाईको अभिभावकले पैसाको मामलामा बचपनमा कति छुट दिनुभयो ?
आफ्नो हुनेवाला जीवनसाथीसँग उसको घरपरिवारले पैसाको विषयमा कस्तो दृष्टिकोण राख्छन् र बचतलाई कति महत्व दिन्छन् जान्ने कोशिस गर्नुहोस् । ठूलो आम्दानी र खर्चलाई कसरी व्यवस्थापन गर्छन् ?, पैसाको विषयमा उसको परिवारले कुनै ठूलो गल्ती गरेका छन् कि ?, घरको जेष्ठ सदस्यलाई आर्थिक रुपबाट कसरी हेर्छन् ? यो सबै प्रश्नहरुको उत्तर खोज्नुहोस् ताकि तपाईहरु एक–अर्कोले आर्थिक पृष्ठभूमिको बारेमा बुझ्ने मौका मिलोस् ।

प्रश्न २. कर्जा र इच्छाएको व्यवसायमा भविष्य कसरी बनाउने ?
पैसासँग सम्बन्धित धेरै जिम्मेवारी हामी सबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ । यदि तपाईको परिवारले तपाईलाई पढाउन कर्जा लिनुभएको छ भने त्यो तिर्नु नै पर्दछ । हुनसक्छ अभिभावकले आफ्नो रिटायर्डमेन्टको पैसा खर्च गर्नुभएको छ । यसको अलवा भविष्यमा तपाई जागिर छोडेर कुनै आफूलैी इच्छाएको काम वा पेशा अपनाउन चाहानुहुन्छ भने यस बारेमा पनि विवाह अगाडि नै चर्चा गर्नु अति आवश्यक छ ।

प्रश्न ३. खर्च गर्ने समयमा कति पैसा बाँकी छ भने जाँच गर्नुहुन्छ ?
पैसा खर्च गर्ने बानी श्रीमान–श्रीमतीबीचको झगडाको विउ बन्छ । यसकारण खर्च गर्ने समयमा कति आफूसँग पैसा बाँकी छ वा क्रेडिट कार्डबाट खर्च गर्ने बेलामा कार्ड चेक गर्ने बानी छ कि छैन थाहा पाउनुहोस् । क्रेटिड कार्डबाट मनलाग्दी खर्च गर्दा बैंकमा उधारो वा कर्जा तिर्नुपर्छ । तपाई बचत मात्रै गर्नुहुन्छ वा कतै लगानी पनि गर्नुभएको छ यस विषयमा विवाहभन्दा पहिले नै एक–अर्काको बारेमा जान्ने कोशिस गर्नुहोस् ।

प्रश्न ४. पैसासँग सम्बन्धित भविष्यको योजना के छ ?
घर किन्ने, बच्चा प्लानिङ्, रिटायर्डमेन्ट र आकस्मिक अवस्थाको बारेमा खुलेर कुरा गर्नुहोस् । बिवाहपछि पढ्ने इच्छा छ भने त्यसको विषयमा पनि कुरा गर्नुहोस् । गाडी किन्ने वा सन्तानको शिक्षा–दिक्षाको लागि पैसा बचत गर्नु कनुचाहिँ उसको प्राथमिकतामा पर्छ त्यो पनि जान्ने कोशिस गर्नुहोस् । लगानीको योजनाको बारेमा पनि सोध्न नभुल्नुहोस् ।

प्रश्न ५. बिवाह र हनीमुनको लागि कति खर्च गर्नुहुन्छ ?
आफ्नो हुनेवाला जीवनसाथीलाई तपाई बिवाहमा गरिने खर्चको बारेमा के सोच्नुहुन्छ बताउनुहोस् । यदी आफ्नो बचतको ठूलो रकम यसमा खर्च गर्नुहुन्छ भने यो कुरा भने भन्नुहोस् । बिवाहमा हुने खर्च वा अन्य बिषयमा खुलेर कुरा गर्नुहोस् । यसले बिवाहमा वा बिवाहपछि आउने समस्या समाधान गर्न सहयोग पुग्छ । पैसासँग सम्बन्धित आफ्नो इच्छा आकांक्षा र भविष्यको सपनाको बिषयमा आफ्नो हुनेवाला जीवनसाथीसँग बिवाह अगाडि नै खुलेर कुरा गर्नुहोस् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय