बिहिबार , बैसाख १३, २०८१

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको महत्त्वपूर्ण नगर बर्दघाट नगरपालिकामा गठबन्धनका तर्फबाट नगरप्रमुख पदका प्रत्यासी शम्भुलाल श्रेष्ठ र उप प्रमुख पदका प्रत्यासीमा

रुद्रप्रकाश उपाध्याय लाई अगाडि सारेको छ । प्रमुख पदका प्रत्यासी श्रेष्ठ विगत लामो समयदेखि जुवाघर सञ्चालन गर्दै आएका व्यक्ति हुन् ।

बहुदलीय व्यवस्थापछि २०४९ सालमा सम्पन्न पहिलो स्थानीय निर्वाचनबाट तत्कालीन पञ्चनगर गाविसमा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित निजले भुताहा वजारस्थित गृन

वेल्टको जग्गा अतिक्रमण गरी आफ्नो घर बनाउनुका साथै आफ्ना निकटस्थहरूलाई जवर्जस्ति बसाल्ने काम गरेका र आज पनि उक्त सार्बजनिक जग्गामा बनेको घरमै बस्दै आएका छन् । शम्भुलाल

आफू गाविस अध्यक्ष हुँदा स्थानीय राजा माविको अध्यक्ष समेत रहेको र स्कुलको आम्दानी प्रयोग गरी आफ्नै घरमा हार्डवेयर सञ्चालन गरी गाविसलाई आएको टेलिफोन लाइन

आफ्नै पसलमा राखी टेलिफोनबाट व्यापक पैसा आर्जन गर्दै आएका थिए । यसका अतिरिक्त उनले नगरको वार्ड नम्बर ८ मा रहेको सार्वजनिक पोखरी, बुटाहास्थित ताल तथा मौराहास्थित हाल स्कुल रहेको जग्गा समेत दर्ता गर्ने प्रयत्न गर्दै

आएका थिए भने राजा माविको अध्यक्ष भएका वखत १७ लाख ७७हजार अपचलन गराई विद्यालय चल्नै नसक्ने अवस्थामा पुर्‍याएर भागेका थिए ।

यस्तै गरी स्थानीय टाइम्स वचत तथा ऋण सहकारी संस्थामा विगत एक दशकदेखि एकलौटी अध्यक्ष रहँदै आएका रुद्रप्रकाश उपाध्यायले संस्थाको वित्तीय अवस्थालाई लथालिङ्ग

पारेकै कारण साधारण सभाबाट तोकिएका लेखा परीक्षकले वर्ष लेखा परीक्षण गर्न अस्वीकार गरेपछि केबल डकुमेन्टका लागि बाहिरबाट लेखा परीक्षण गराउनु परेको अवस्था छ ।

आफ्नो निजी लगानीमा सञ्चालित कृषि फर्मबाट उत्पादित कृषि उपजको विक्री-वितरण गर्ने प्रयोजनका लागि सहकारीलाई प्रयोग गरी लाखौं नोक्सानी गरेको र आफ्नो।
निजी फर्ममा सहकारीको लगानी डुबाएको तथा सहकारीको सञ्चालन आफ्नै निजी फर्म जस्तै गरी सञ्चालन गरेर सहकारीलाई उठ्नै नसक्ने गरी डुबाएको जसले गर्दा शेयर

सदस्यहरूले वार्षिक रूपमा पाउनुपर्ने कुनै शेयरलाभांश पाउन सकिरहेका छैनन् । दशकौंदेखि नेतृत्वमा एकलौटी कब्जा गर्दै आएका उपाध्यायले आफ्नो अनियमितताबारे

बोल्नखोज्ने जोसुकैलाई पनि संस्थाबाट निष्काशनको धम्की दिने गर्दछ्न । नेतृत्व हस्तान्तरण गर्दा आफ्नो अनियमितता खुल्ने डरले संस्थाको नेतृत्वमा टासिईरहन चाहन्छन् ।

यसप्रकार भ्रष्ट चरित्र भएका र आफ्नो प्रतिकूल लाग्नेहरूलाई तल्लो स्तरको व्यवहार गर्ने पात्रहरूलाई अघि सारेर काङ्ग्रेस माओवादी नेतृत्वको गठबन्धनले बर्दघाटवासी मतदाताहरूलाई लज्जित तुल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय