मंगलबार , बैसाख ११, २०८१

बर्दघाट, २८ बैशाख ।

स्थानीय चुनावको मुखमा उम्मेदवारलाई लक्षित गरी समाचार प्रकाशित भएको पाईएको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुखका उम्मेदवार धिरज शर्मालाई लक्षित गरि विभिन्न

समाचार माध्यमले कपोलकल्पित समाचार प्रकाशित गरेका हुन् । आफुलाई जोडेर प्रकाशित भएको समाचारप्रति उम्मेदवार शर्माले आपत्ती जनाएका छन् ।

उनले गलत समाचारको खण्डन गर्दै त्यसको पछि नलाग्न र यथार्थ कुरा बुझ्नका लागि सबैमा अनुरोध गरेका छन् । आफु नगरपालिकाको नगर प्रमुख हुनु अघि नै किनबेचको भएको

जग्गाको बिषयलाई चुनावको मुखमा तोडमोड गरेर समाचार प्रकाशित गरिएको शर्माले बताए । व्यक्तिगत रुपमा भएको असन्तोषलाई लिएर कोही

कसैबाट समाचार लेखाइएको हुनसक्ने शर्मा बताउँछन् । उनले मतदातालाई समाचार प्रति विश्वास नर्गन र यथार्थ बुझ्नका लागि आग्रह गरेका छन् ।

मैले ८ बर्ष अघि बर्दघाट नगरपालिका वडा नंं. ९ की तारादेवी खत्रीबाट १४ लाख रुपियाँमा किनेको जमिन हो शर्माले भने, त्यसलाई अहिले अतिरंजित गरिएको छ ।

व्यक्तिसँग किनबेच भएको प्रमाणको कागजात आफुसँग भएको बताउदै उनले खाली जमिन आफुबाट कब्जा नगरिएको र कहिल्यै नगर्ने स्पष्ट पारे ।

उनले ओगटेको भन्ने जमिन २०७२ सालमा किनबेच भएको बिषयलाई गलत ढंगले समाचारको बिषय बनाएको पाइएको छ ।

उनीसँग रहेको कागजातमा जमिनको क्षेत्रफल करिब १ कठ्ठा रहेको र जमिन सुकुम्बासी नभएको अव्यवस्थीत बसोबास भन्ने छ ।

कागजातमा सांक्षीको रुपमा यादव खनाल, रवि बहादुर खत्री र लेखक निलकण्ठ पौडेल रहेका छन् । धु्रबटोलको वरपर करिब १ सय घरपरिवार सोही प्रकृतिको जमिनमा बस्दै

आएका छन् । सोही प्रकृतीको जमिनमा संविधान सभाका सदस्य बिक्रम खनाल पनि बसोबास गर्दै आएका छन् । नगरपालिकाको वडा नं. ९ उक्त ठाउँका बासिन्दाले बर्दघाट नगरपालिका मार्फत अव्यवस्थित बसोबासको फारम भरेको नगरपालिका स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय