बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ —

नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार बनेका वडाध्यक्ष नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

केही दिनअघि मात्रै वडा–१३ र १५ बाट उम्मेदवार बनेका वडाध्यक्ष टिमसहित एमाले प्रवेश गरेका थिए । सोमबार फेरि माओवादी केन्द्रबाटै वडा–२४

का वडाध्यक्ष पदका उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठ एमाले प्रवेश गरेका हुन् ।उनीसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४

जनालाई एमाले काठमाडौं जिल्लाका सचिव राजेश शाक्यले टिका लगाएर पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेशपछि सम्बोधन गर्दै श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष

पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो सन्तानलाई जिताउने बाहेक अन्य कार्यकर्ताको संरक्षणमा अलिकति पनि ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘नेकपा माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा मात्रै होइन उम्मेदवार चयनपछि जिताउने अभियानमा पनि नातावाद,

कृपावादलाई मात्रै प्राथमिकता दिएकाले सो पार्टीमा बसिरहनुको औचित्य नरहेकाले परित्याग गरेको हुँ,’ उनले भने, ‘केही दिनअघि मात्रै पनि चितवन पुगेर प्रचण्डले चितवनमा

आफ्नो छोरीलाई विजयी नगराए देश दुर्घटनामा जाने भन्दै घीनलाग्दो शब्द प्रयोग गर्नुभयो । उनका त्यस्ता अभिव्यक्तिले हामीलाई त्यो पार्टीमा बसिरहन झन असहज भयो र आज

एमाले प्रवेश गर्‍यौं ।’ उनले नातावाद र कृपावादलाई प्राथमिकता दिँदा पार्टीमा लामो योगदान गरेका कार्यकर्ता पाखा परेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

यसअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल र १५ को

वडाध्यक्ष उम्मेदवार बनेका रत्नकाजी महर्जन पनि पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई

सम्बोधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताए । पाल्पा — पोखरा घुम्न गएर फर्किंदा कालीगण्डकी नदीको राम्दीमा

बेपत्ता भएका भारतीय नागरिकको सोमबार शव फेला परेको छ । नुहाउने क्रममा चार दिनअघि बेपत्ता भएका २३ वर्षीय बिलाल अहमद मृत

अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । नुहाउने क्रममा बेपत्ता भएको स्थानबाट झन्डै चार किलोमिटर टाढा रम्भा

गाउँपालिका–१, हुँगी असेर्दीमा अहमदको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी हुँगीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि पाल्पा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय