बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

गठबन्धन गरी चुनावी माहोलमा होमिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कैलालीको कैलारी पुगेर गठबन्धनविरुद्ध बागी उम्मेद्वारका लागि मत मागेका छन् ।

सोमबार कलौरीमा पुगेका उनले गठबन्धनविरुद्ध उम्मेद्वारी दिएका उम्मेद्वारलाई भोट मागेका हुन् । गठबन्धनमा आबद्ध दलहरूबीच कैलालीको

कैलारी गाउँपालिकाको अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाएको थियो । माओवादीले पाएको भागमा अघिल्लोपटक

अध्यक्ष निर्वाचित लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले पाएका भागमा भगवती चौधरीले उम्मेद्वारी दिएका थिए । उपाध्यक्षमा माओवादीको तर्फबाट

अघिल्लोपटक उपाध्यक्षमा निर्वाचित लक्ष्मी चौधरीले पनि उम्मेद्वारी दर्ता गरेकी थिइन् । उनी गठबन्धनको उम्मेद्वार नभएको भन्दै यसअघि नै कारबाही गरिएको थियो ।

‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेद्वार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेद्वार लक्ष्मी सत्गौवालगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउन

चाहन्छु,’ उनले भने, ‘उहाँहरूको टिमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

उनले पटक–पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गरेका थिए । ‘लाजुराम र लक्ष्मी चौधरीसहित म प्रचण्ड पनि तपाईंहरूको साथमा रहने विश्वास व्यक्त गर्न चाहन्छु,’

उनले भने, ‘गठबन्धन क्लियर भएको छैन, पार्टीको उम्मेद्वार जुनसुकै रूपमा अगाडि आए पनि हाम्रो पार्टीका उम्मेद्वारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्छु ।’

कैलालीमा गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो ।

माओवादीले अध्यक्षमा अघिल्लो निर्वाचनमा पनि विजयी भएका लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले भगवती चौधरीलाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ ।

सोमबार कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले भित्रभित्रै गठबन्धन विरोधी क्रियाकलाप गरेको रिपाेर्ट आफूसमक्ष आएको भन्दै त्यसले

तालमेलमा बाधा पुर्‍याउन सक्ने आशंकासमेत व्यक्त गरे । उनले कांग्रेसको गतिविधिले गठबन्धनको भरोसा नभएको भन्दै आफ्नै

बलबुत्तामा चुनाव लड्नसमेत आफ्ना उम्मेदवारलाई निर्देशन दिए । सोही क्रममा उनले कैलारी गाउँपालिकाकी उपप्रमुखलाई उनले भोट मागेका हुन् ।

पाँचदलीय गठबन्धनको सहमतिअनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसको भागमा परेको छ ।

माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुले बागी उम्मेदवार दिएकी थिइन् । गठबन्धनकाे उम्मेदवारविरुद्ध बागी दिएकाे भन्दै उनलाई कारबाही गरिएको थियो ।

तर सोमबार भने उनले कारबाहीमा परेकी सत्गौवा थारुलाई अत्यधिक मतले जिताउन सार्वजनिक रूपमै अपिल गरे । प्रचण्डको यस्तो अभिव्यक्ति पछि

सत्तारुढ गठबन्धनमा तिक्तता आउन सक्ने देखिएको छ। धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा प्रधानमन्त्री तथा

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय