मंगलबार , बैसाख ११, २०८१

काठमाडौं:

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी– १४ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका शेरबहादुर श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् ।

उनीसँगै ५० जनाभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका छन् ।

माओवादीको प्रभाव क्षेत्र मानिने चौतारा साँगाचोकगढीका धेरै कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन् । चौतारमा माओवादीभित्रै दुई समूह छ ।

उता । काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार बनेका रत्नकाजी महर्जन एमालेमा प्रवेश गरेका छन् ।

उनले एमाले प्रवेशसँगै आफ्नो समर्थन एमाले उम्मेदवारलाई दिएका छन् । यसअघि १३ नम्बर वडाका वडाध्यक्ष उम्मेदवार रामशरण डंगोलले पनि एमालेलाई समर्थन गर्दै उम्मेदवारी

फिर्ता लिइसकेका छन् । माओवादी जिल्ला कमिटी सदस्यसमेत रहेका महर्जनलगायत कार्यकर्तालाई सोमबार बिहान एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौ

जिल्लाका र्इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।स्थापित भन्छन्- ‘विवादमा नआउने पनि केवश स्थापित हुन्छ ?’

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा ‘यौन दुराचार’को आरोप लागेका केशव स्थापितलाई मेयर पदको उम्मेदवार बनाएको छ ।

एमालेले यौन दुराचारीलाई उम्मेदवार बनाएको भन्दै ‘यौन दुराचारी एमाले उम्मेदवारलाई भोट हाल्न हात काम्दैन ?’ भन्दै सामाजिक संजालमा प्रश्न गर्नेको संख्या बढिरहेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा स्थापितले महानगरकै कर्मचारी रश्मिला प्रजापतिलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

सन २०१८ मा ‘मि टु अभियान’ चलेको बेला रश्मिलाले आफूलाई स्थापितले घुम्न जाने र आफूसँग ‘क्वालिटी टाइम’ बिताउन प्रस्ताव गरेको र प्रस्ताव अस्वीकार गर्दा जागिरबाट

निकालिएको गम्भीर आरोप लगाएकी थिइन् । त्यसैगरी, संचारकर्मी उज्वला महर्जनले पनि स्थापितले यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।

पीडितले सार्वजनिक रुपमै आफूलाई दुव्र्यवहार भएको भनिरहेका बेला स्थापितलाई एमालेले मेयरको उम्मेदवार बनाएर पुरस्कृत गरेको भन्दै एमालेभित्रै व्यापक विरोध

भइरहेको छ । स्थापितलाई चोरको संज्ञा दिँदै एलिजा ढकाल ट्वीट गर्छन्- ‘पार्टीले उठायो भन्दैमा ‘यौन दुराचारी’ चोरलाई कसैले भोट हाल्छ ?

जनतालाई विवेकहीन सोचेको छ क्या हो एमालेले ! कम्तिमा पार्टीको मान्छेलाई नि भोट हाल्नु मन लागोस् न उम्मेदवार देखेर ।’

त्यस्तै, भोजबहादुर बलयार लेख्छन्– ‘विश्वका अरु देशमा भए विवादित र गैरक्रियाकलापमा संलग्न व्यक्ति जेलमा हुन्थे तर के गर्नु हाम्रो देशमा म विवादित हुँ भन्दै छाती पिटिरहेका व्यक्ति

हुने रे ? नैतिकता र संस्कार मरेको देशमा गलतकै हावी । राम जाने !’ ‘स्थापित जस्ता दानवका कारण समाजमा कतिले जिन्दगीभर मानसिक आघातमा बाँच्न बाध्य हुने ?’

भन्दै शिक्षा रिसाल ट्वीटरमा प्रश्न गर्छन्– ‘मान्छे यतिसम्म नि घिनलाग्ने हुन सक्छन् । आरोप लागेका यौन दुराचारीहरुको यस्तो रवाफ छ । मजाक बनाएर हाँसेको छ ।

यस्तै जगजगी छ । यस्तै दानवहरुका करण कति जिन्दगीभर मानसिक आघातमा बाँच्न बाध्य हुन्छन् । तर, यस्ता कुराको यो दुनियाँलाई के मतलव ? दिनुस् भोट !’

अमुक दलले यौन दुराचारीलाई ‘बोनस’मा मेयर पद दिएको भन्दै ट्वीटर प्रयोगकर्ता बाबाजी लेख्छन– ‘यतिबेला म मेरो ती सहपाठीलाई सम्झिँदैछु ।

जसले, काठमाडौंको मेयर पदका विकासप्रेमी भनेर प्रचारित एकजना उम्मेदवारले गरेको यौन उत्पीडनबारे खुलेर बोल्ने आँट गरिन्,

तर अमुक दलले उनलाई ‘बोनस’मा मेयर पदको टिकट दियो । यो देश झन् उँभो लाग्दैछ, पत्याइराछु ! के नेतृत्वमा भ्याकुम भएकै हो त ?’

यौन दुराचारको आरोप लागेका एमालेका उम्मेदवारलाई बहिस्कार गरौँ भन्दै खगोल गौतम लेख्छन्– ‘हैट ! जसले गफ दियो उसले फसायो !

ओलीको गफ पत्याएर दुईतिहाइ दिँदा सरकार बनाएर देश लुटेर एसियाकै पहिलो भ्रष्ट देश बनाए । फेरि अर्को स्थापित नामको गफाडी यौनदुराचारी

कंलकको टिका लगाएर गफ हानेर चुनाव जित्न खोज्दैछ । यस्ता यौनदुराचारी गफाडीलाई टोलमा बहिस्कार गरौं, सुरक्षित बनौँ !’

एमालेबाट मेयरको टिकट पाएर उम्मेदवारी दर्ता गरेपछि स्थापितलाई पत्रकारले ‘तपाईंलाई यौन दुराचारको आरोप लागेको छ नि

भन्दै गरेको प्रश्नमा स्थापितले गर्वका साथ भनेका थिए- ‘म जतिको व्यक्तित्व इस्यु उठेन भने त केशव स्थापित नै भएन । विवादमा नआउने पनि केवश स्थापित हुन्छ ?’ भनेका थिए ।

यौन दुराचार गरेको विषयलाई गर्वको रुपमा लिएको भन्दै उक्त अभिव्यक्ति पछि पनि स्थापित र स्थापितलाई उम्मेदवार बनाउने एमालेको आलोचना भइरहेको छ ।

यसै विषयमा ट्वीटर प्रयोगकर्ता सरोज तिमल्सिनाले ‘पत्रकारको अगाडि यौन दुराचारी हुनुको पनि घमण्ड गर्ने केवश स्थापित जसलाई

उम्मेदवारी बनाएर एमालेले कस्तो महानगर बनाउनु खोजेको ?’ भन्दै प्रश्न गरेका छन् । उनी लेख्छन्- ‘हुन त देशको संघीय राजधानीका बासिन्दाले विवेकको प्रयोग गर्लान्,

यौन दुराचारीलाई मत नदेलान ! तर, स्थापितलाई भोट हाल्न एमालेकै महिलाको मन मान्छ ? हात काम्दैन ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय