बुधबार , बैसाख १२, २०८१

काठमाडौं:

जनता समाजवादीले पोखरामा गठबन्धन नहरेको घोषणा गरेको छ । जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरी ५ दलीय गठबन्धन टुटिसकेको बताए ।

आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि आफूहरू गठबन्धनमा नरहेको स्पष्ट पारेका हुन् ।

‘पोखरामा जनसभा हुन लागेको भन्ने समाचार बारे हाम्रो पार्टीको महानगर समितिको ध्यान आकृष्ट भएको छ । गठबन्धनको आवश्यकता र औचित्य हुँदाहुँदै पनि

नेपाली कांग्रेसको अहंकारले गठबन्धन तोडिएको छ,’ उनले भने, ‘व्यवहारतः यहाँ ५ दलीय भन्ने त्यस्तो कुनै गठबन्धन छैन ।

हाम्रो पार्टीको अनुमति बिना भ्रमपूर्ण समाचार सार्वजनिक नगर्न अनुरोध गर्दछौं ।’ उनले आफ्नो पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।

‘निर्वाचनमा स्वच्छ, मर्यादित र मित्रवत् प्रतिस्पर्धाको लागि सबै लोकतन्त्र प्रेमीहरूमा अपिल गर्दछौं,’ उनले अघि लेखेका छन्, ‘हाम्रो पार्टीको नाम

झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौं ।’ जसपाले वडा नम्बर २२ को अध्यक्ष आफ्नो पार्टीलाई मागेको थियो ।

तर कांग्रेस र माओवादीले आ–आफ्नै उम्मेदवार उठाएका छन् । यहाँ जसपाबाट अध्यक्ष क्षेत्रीकै श्रीमती चुनाव लडेकी छिन् । गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताएका छन् ।

शनिबार जनकपुरमा आयोजित पाँच दलीय गठबन्धनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत अध्यक्ष यादवले अपिल गरे ।

उनले जनकपुरधाम अझै सुन्दर र व्यवस्थित नगरी बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन नगरवासीसँग अपिल गरे ।

त्यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनकपुरधाममा स्वतन्त्र उम्मेदवारीको भारी रहेकाले गठबन्धनका नेताहरुले सचेत भएर चुनावी प्रचारप्रसारलाई तिव्रता दिनुपर्नेमा जोड दिए । पौडेलले पनि गठबन्धनका उम्मेदवारलाई जिताउन सबैमा अपिल गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय