काठमाडौ ।

एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । १०बुँदे सहमति कार्यान्वयन नभएको

भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका हुन् । आगामी योजनाबारे छलफल गरेर अघि बढ्ने उनले बताए । सहमति कार्यान्वयन नहुँदै

केन्द्रीय सदस्य मनोनीत गरिएकोमा पनि रावलले असन्तुष्टि जनाएका छन् । माधवकुमार नेपाल पक्षमा रहेका दोस्रो तहका नेता १०बुँदे सहमति भएसँगै एमालेमै बसेका थिए ।

नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भइसकेको छ । तर, १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।

माधवकुमार नेपाल पक्षमा रहेका दोस्रो तहका नेता १०बुँदे सहमति भएसँगै एमालेमै बसेका थिए । नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भइसकेको छ ।

तर, १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि बढ्दै गएको छ । भीम रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा, पाँच पृष्ठ लामो फरक मत

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलको संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको छ ।

केन्द्रीय कमिटी र स्थायी कमिटीबाट पारित भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सहयोग नभएको र

सहमतिको बुँदा उल्लंघन गर्ने काम भएको भन्दै रावलले संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको हो । पार्टीमा भएको छलफल र

कार्यदलको निर्णय लागू नहुने अवस्थामा पदमा बसिरहन उचित नभएकाले राजीनामा घोषणा गरेको हुँ, उहाँले भन्नुभयो, भोलि राजीनामा पत्र पेश गर्छु ।

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै

कमिटीहरूबाट पारित भएका विषय र बुँदाहरू अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो । १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न स्थायी कमिटी र केन्द्रीय कमिटीबाट पारित भएको हो ।

१२ बुँदे अन्तर पार्टी निर्देशन जारी गरिसकेको अवस्थामा पार्टीको निर्णय कार्यान्वयन नहुनु दुःखद् हो, मैले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु ।

उपाध्यक्ष रावलले प्रभु शाहसँगको कुराकानी मिलाउन अध्यक्षले मनलाग्दी तरिकाले दुई जना केन्द्रीय सदस्य थपेकोमा पनि असन्तुष्टि प्रकट गर्नुभएको छ ।

शुक्रबारको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गर्ने घोषणा गर्नुभएको थियो । source: sadaksanchar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय