शनिबार , बैसाख ८, २०८१

काठमाडौँ –

चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् ।

गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र

उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला

प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताएका हुन् । ‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो,

गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया

हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने । रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उनको उद्घोष गरे ।

अहिले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको बताउँदै उनले अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको बताए ।

चितवनमा रुखवालाले हँसिया हथौडामा भोट हाल्नु हुँदैन भन्ने गरेको कुरालाई गम्भीर रुपमा लिएको बताउँदै उनले जनआन्दोलन २०४६ मा

रुख र हँसिया हथौडा​सँगै हिँड्नु हुँदैनथ्यो ? के २०६२–६३ को जनआन्दोलनको बेला रुख र हँसिया हथौडा​सँगै हिँडेको गलत थियो ? भन्दै उनले प्रश्न गरे ।

उनले गिरिजा प्रसाद कोइरालाले अन्तिम समयसम्म पनि शान्ति सहकार्य र एकताको कुरा गरेको स्मरण गरे । उनले रुखवालालाई

चितवनमा हँसिया हथौडामा भोट हाल्न सकस भएकोले वाम गठबन्धनतिर गएको उल्लेख गरे । प्रचण्डले अघिल्लो चुनावमा चितवनमा काँग्रेससँग

गठबन्धन गर्दा रुखवालाले हँसिया हथौडामा भोट हाल्न नरुचाएका कारण शेरबहादुर देउवालाई सोधेर नै बाम गठबन्धनमा जान्छु भनी नढाँटीकन गएको बताए ।

उनले बाम गठबन्धनमा गएपनि केपी ओली प्रवृतिको विरुद्ध लड्न १९ बुँदे पत्र आफूले दिएको उल्लेख गरे । उनले चितवनवासीलाई गठबन्धन कमजोर नबनाउन आग्रह गरे ।​

जित गठबन्धनकै हुन्छ : प्रचण्ड: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभर गठबन्धनको जित हुने दाबी गरेका छन्।

चितवन पुगेर प्रचण्डले देशभर गरिएको चुनावी गठबन्धन लयमा रहेको दाबी गरेका हुन्। गठबन्धन लयमा रहेकै कारण निर्वाचनको परिणाम आफूहरूको पक्षमा आउने उनको दाबी छ।

उनले स्वतन्त्र उमेदवार उठ्ने प्रत्यक नेपालीलाई अधिकार रहेकाले यसमा धेरै टिप्पणी र चर्चा गर्न आवश्यक नरहेको उनले बताएका छन्।

पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड चितवन पुगेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय