मंगलबार , बैसाख ४, २०८१

काठमाडौँ –

दैलेखको ठाटीकाँध गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी नै एमालेमा प्रवेश गरेको छ । सत्तारुढ गठबन्धनमा

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी सम्बन्धी भागवण्डा नमिलेपछि नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी एमालेमा प्रवेश गरेको हो । प्रदेशस्तरीय गठबन्धनको निर्णय

अनुसार ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा काँग्रेस र वडाहरूमा नेकपा एकीकृत समाजवादीलाई समेत भाग मिलाएको थियो ।

तर काँग्रेस र माओवादी केन्द्र एक्लाएक्लै चुनावी मैदानमा होमिएपछि नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी एमालेमा सामेल भएको हो ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘ठाटीकाँध गाउँपालिकाको समृद्धि, उन्नति,

प्रगति र नमूना गाउँपालिका निर्माणका लागि तथा भावी पुस्ताको सुन्दर भविष्यका लागि पार्टी एकताको विकल्प छैन ।’ स्थानीय तह निर्वाचन अन्तर्गत समाजवादी पार्टीबाट

उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निस्किृय रहने र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउने गरी नेकपा

एकीकृत समाजवादी पार्टीको ठाटीकाँध गाउँपालिका कमिटी एमालेको नगर कमिटीमा एकतासहित समाहित भएको विज्ञप्तिमा जनाइएको छ ।

पार्टी प्रवेश कार्यक्रममा एमाले निकट प्रधानाध्यापकले समाजवादी निकट शिक्षकलाई स्वागत गरेका छन् । श्री कृष्ण माध्यामिक विद्यालयकी

प्रधानाध्यापक इला मल्ल शाही एमालेकी कार्यकर्ता हुन् । उनी ठाटीकाँध गाउँपालिकाका वर्तमान अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती हुन् ।

पार्टी प्रवेश कार्यक्रममा प्रधानाध्यापक मल्लले सोही विद्यालयका समाजवादी निकट मानिने शिक्षक दिलबहादुर रावतलाई स्वागत गरेकी हुन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य राजबहादुर बुढा, कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह, एमाले नेताहरु

सूर्यबहादुर शाही, धीरबहादुर शाही, एमालेको तर्फबाट ठाटीकाँध गाउँपालिकाको अध्यक्षको उम्मेदवार लक्ष्मीदेवी शाह लगायत उपस्थित थिए ।

धनुषामा समाजवादीबाट मेयरमा उठेका गुप्ता एमालेमै फर्किए: नेकपा एकीकृत समाजवादीबाट धनुषाको सबैला नगरपालिका प्रमुखमा

मनोनयन दर्ता गराएका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका छन्। नेकपा एसबाट उम्मेदवारी दर्ता गराएका

राजु गुप्ताले एमाले उम्मेदवार राजकिशोर यादवलाई समर्थन गरेका हुन्। उनले सबै नेता कार्यकर्ताको आग्रहमा आफूले राजकिशोरजीलाई समर्थन गरेको बताए।

एमालेमा फर्किएका उनलाई एमाले नेता रामचन्द्र मण्डल सहितका स्वागत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय