शनिबार , बैसाख ८, २०८१

काठमाडौं:

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ । नेपाली कांग्रेसका

सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो ।

जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय आचारसंहिता अनुगमन समितीको बैठक बसेर आचारसंहिता पालनाका लागि सुरक्षा

निकायलाइ पनि पत्राचार गर्न लागिएको उनले बताए । निर्वाचन आचारसंहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश

सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।

तर, प्रधानमन्त्रीले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारी बताउँछन् ।

आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम र प्रधानमन्त्रीको आगमन स्थगित गर्न र आचारसंहिता विपरीतको कार्य भएमा सजाय गर्नका लागि पनि अधिवक्ता अधिकारीले माग

गर्नुभएको छ । ‘२२ वैशाखका दिन नेपाली कांग्रेस, माओवादीसमेतका गठबन्धनका उम्मेद्वारको पक्षमा शेरबहादुर देउवालगायत नेपाल सरकार

तथा प्रदेश सरकारको मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको हुँदा आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम स्थगित गरी पाउँ र

आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाऊँ,’ उजुरीमा भनिएको छ । मन नहुँदानहुँदै प्रधानमन्त्री भएँ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकता अनुसार गठबन्धन बनेको बताएका छन् । आफूलाई प्रधानमन्त्री बन्ने मन नहुँदा नहुँदै पनि प्रधानमन्त्री

बनाई दिएको पनि उनले बताए । विराटनगरमा नेपाली कांग्रेस मोरङको आयोजनामा भएको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले सबैले प्रधानमन्त्री

बन्नुपर्यो भनेर सबै दलले भनेपछि मात्र आफू प्रधानमन्त्री बनेको स्वीकार गरेका छन् । ‘केपी ओली नेतृत्वको सरकारले सबैलाई डर त्रास देखाएको थियो’,उनले भने, ‘लोकतान्त्रलाई

सुन्दर बनाउने बनाउने पवित्र उदेश्यले गठबन्धन बनेको छ, कांग्रेस आफूले धोका खाएपनि अरूलाई धोका दिँदैन ।’ उनले कुनैपनि हालतमा गठबन्धनलाई धोका दिन नहुने बताए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु भनेको स्थानीय तहलाई पनि बलियो बनाउनु रहेकोमा जोड दिए । उनले अब विराटनगरमा रहेको विराज दरबार क्षेत्रलाई बजेटको

व्यवस्थापन गरी पुरातत्व विभागबाट अन्वेषण गराउने प्रतिबद्धता जनाए । अहिलेको सरकारले क्यासर सहितका विभिन्न ४ प्रकारका रोगीको लागि महिनाको ५ हजार दिएको दाबी गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले अब स्थानीय सरकारलाई सम्पूर्ण अधिकार दिने पनि घोषणा गरे । ‘अब स्थानीय सरकारलाई सम्पूर्ण अधिकार दिएर अघि बढ्नु पर्छ,

उनले भने, अधिकारको प्रयोग, पालिकाको स्राेत संकलनको बारेमा क्यापासिटी बिल्डिङ गरेर भएप्नि अधिकार दिनु पर्छ ।’ अधिकारको बारेमा प्रमुख

उपप्रमुखलाई तालिम दिएर अधिकार कार्यान्वायनमा लगिने दाबी देउवाको छ । उनले नागेश काेइरालाई अन्याय गरेको पनि स्वीकार गरेका छन् ।

मैले नागेशलाई अन्याय गरेको थिएँ’, उनले भने, ‘अघिल्लो चुनावमा पनि केही गर्न सकिन प्रदेश सांसद पनि बनाउन सकेको थिईँन, अहिले मेयर बनाएको छु,

गठबन्धनले जित्नु पर्छ ।’ कार्यक्रममा बोल्दै रामचन्द्र पौडेलले विराटनगरले सँधै नयाँ सन्देश दिने भएकोले चुनावी अभियानपनि विराटनगरबाट शुरु भएको बताए ।

गठबन्धनको संस्कृति विस्तृत शान्ति सम्झौता देखि नै शुरु भएको बताएका पौडेलले राजनीतिक स्थिरता, परिवर्तनको रक्षाको लागि गठबन्धन गरेको सुनाए ।

डा. शेखर काेइरालाले अहिलेको स्थानीय तहको निर्वाचनले आगामी प्रदेश र संघीय निर्वाचनलाई पनि इंगित गर्ने बताए । उनले विराटनगरको

पहिचान समाप्त हुँदै गएको स्मरण गराउँदै बाढीको व्यवस्थापन, विमानस्थलको स्तराेन्नति र रिङ रोडको संघले गर्नु पर्ने काममा ध्यान दिन आग्रह गरे ।

कायक्रममा महेश आचार्य, मिनेन्द्र रिजाल, डा डिला संग्रौला, भिम पराजुली, अमृत अर्याल, गुरुराज घिमिरे, डिना आचार्य सहित विराटनगरमा गठबन्धनका उम्मेदवार नागेश काेइराला र

अमरेन्द्र यादवले सम्बोधन गरेका थिए । उनीहरूले विराटनगरको विकास, समस्या र समाधान गर्ने उपायमा संघीय सरकारको सहयोगको अपेक्षा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय