शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं।

स्थानीय तह निर्वाचनमा निर्बिरोध निर्वाचित हुनेमा नेकपा एमाले सवैभन्दा पहिलो दल बनेको छ। निर्वाचनमा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित हुँदा एमाले पहिलो

बनेको हो। निर्वाचन आयोगका अनुसार एमाले एक पालिका अध्यक्ष, दुई उपाध्यक्ष र १४ वडाध्यक्षसहित १ सय २३ जना उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन।

निर्वाचन आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो। आयोगका

सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताउनु भयो।

स्थानीय निर्वाचन २०७४ मा ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए

पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने जानकारी दिनुभयो। निर्विरोध निर्वाचित हुनेमा गठबन्धनतर्फका १९० जना छन्।

गठबन्धनतर्फ नेपाली काँग्रेसबाट १०१, नेकपा माओवादी केन्द्रका ५४, नेकपा एकीकृत समाजवादीका ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार रहेका छन।

त्यस्तै,नेकपा माओवादी केन्द्र रत्ननगर वडा नं ११ का वडा कमिटी सचिव इश्वरी प्रसाद चौलागाई एमालेमा प्रवेश गरेका हुन्।

विगत १५ बर्ष देखि माओवादी केन्द्रमा रहेर सक्रिय राजनीति गरेका चौलागाई स्थानीय तहको निर्वाचनको मुखैमा एमालेमा प्रवेश गरेका हुन।

एमालेको रत्ननगर नगर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्याल, जिल्ला कमिटी

सदस्य तथा जिल्ला स्कुल विभाग प्रमुख गोपी नेपाल, रत्ननगर काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टंक दुवाडीले चौलागाईलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

सो अबसरमा चौलागाईले माओवादी केन्द्रमा चरम विचलन आएको भन्दै सो पार्टीमा आफ्नो भविश्य नदेखेर जनताको प्रिय पार्टी एमालेमा प्रवेश गरेको बताए ।

१५ बर्ष अघि म एमालेमै थिए उनले भने- पछि रोजेको माओवादीले देश र जनताको हितमा काम गर्ने नदेखेर पुरानै पार्टीमा फर्केको हु।

त्यस्तै,नेकपा एकीकृत समाजवादी स्याङजाका सचिव एमाले प्रवेश गरेका छन् । टिकाराम नेपालीलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले प्रवेश गराएका हुन्।

उनीसँगै अनेरास्ववियूका केन्द्रिय उपमहासचिव मेघनाथ चापागाईं, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराल लगायत एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै उनीहरुले यसअघि आफूले बाटो बिराएको बताएका छन् । उपमहासचिव गुरुङले सबैलाई एमालेमा समाहित हुन आह्वान गरे।

त्यस्तैकास्कीको मादी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन् ।मादी ८, का माओवादी वडा कमिटी अध्यक्ष होमबहादुर गुरुङ

आइतबार एमाले प्रवेश गरेका हुन् ।उनलाई एमालेबाट मादी गाउँपालिका रहेका शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायत नेताले स्वागत गरेका थिए ।

वडा कमिटी अध्यक्ष गुरुङसँगै मादीमा अन्य पार्टीमा सक्रिय १५ जना कार्यकर्ता एमाले प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिए ।

नेपाली कांग्रेस छोडेर गुञ्जमान गुरुङ, नन्दलाल अधिकारी लगायत् छन्। त्यस्तै, कोपिला विक, दलबहादुर रिमाल, अृमत भुजेल,

नमलाल अधिकारी, अमृत भुजेल, सन्जिव शाही, मिनबहादुर विक र माओवादी केन्द्रका सन्तोष शाहीलगायत एमाले प्रवेश गरेका हन् ।

त्यस्तै, पार्टी हितविपरित कार्य गरेको भन्दै नेकपा एमाले उदयपुरले सात जना नेता कार्यकर्तालाई अनुशासनको कार्वाही गरेको छ। पार्टीका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले मंगलबार

एक विज्ञप्ति जारी गर्दै आसन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टी निणर्य विपरित उमेदवारी दिएका सबैलाई कार्वाही गरिएको हो।

विज्ञप्तिमा त्रियुगा नगरपालिका १ का नारायण ढकाल, रौतामाई गाउँपालिका ३ लाफागाउँका खिलराज राई, उदयपुरगढी गाउँपालिका ५ का बसन्त पौडेल, सोही

गाउँपालिका वडा नं २ का इन्द्रबहादुर राउत, बेलका नगरपालिका ९ का तेजमान विक, त्रिनपा ४ का लोकेश कटुवाल र कटारी नपा ४ का भुपेश तामाङ रहेका छन्।

पार्टीका सल्लाहकार सदस्य रहेका ढकालले त्रिनपा १ मा वडाध्यक्षको उमेदवारी दिएका छन्। त्यसैगरी रौतामाई गाउँपालिका

कमिटीका उपाध्यक्ष रहेका राईले वडा नं ३ कोवडाध्यक्ष, विभागीय सदस्य रहेका पौडेलले उदयपुरगढी गाउँपालिकाको अध्यक्ष, संगठित सदस्य

रहेका राउतले उदयपुरगढी २ का वडाध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका छन्। त्यस्तै लेखा आयोगका सदस्य रहेका बिक बेलका २ का वडाध्यक्ष,

नगरकमिटी सदस्य रहेका कटुवाल त्रिनपा ४ का वडाध्यक्ष र वड कमिटी अध्यक्ष रहेका तामाङ्ग कटारी ४ को स्वतन्त्र उमेदवार हुन्।

यसअघि कटारी नगरपालिकामा स्वतन्त्र उमेदवारी दिएकी प्रदेश कमिट सचिवालय सदस्य भिमकुमारी राउतलाई अनुशासनको कार्वाही गरिसको छ।

आधिकारीक उमेदवारविरुद्ध बागी उमेदवारी दर्ता गरेको र उम्मेदवारी फिर्ता लिन गरेको अनुरोधलाई अस्वीकार गरी उम्मेदवारी कायम राखेकाले

कार्वाही गरिएको अध्यक्ष घिमिरेले बताए। उनीहरुलाई पार्टीको विधानको धारा ८० को उपधारा (६) अनुसार अनुशासन उल्लंघन गरेको हुनाले

धारा ८१ को (१) बमोजिम पदबाट निश्कासन र सदस्यता निलम्बन गरेको घिमिरेले जानकारी दिए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय