काठमाडौँ –
पछिल्लाे समय गुमनाम रहेका वामदेव गाैतम नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन्। नेकपा (एमाले) विभाजनपछि राजनीतिमा
कतै नखुलेका गौतम एकीकृत समाजवादीमा खुलेका हुन्। गौतमले एकीकृत समाजवादीका लागि निर्वाचन गीत लेखेर आफ्नो धार कतातिर छ भन्ने संकेत गरेका छन् ।
एकीकृत समाजवादीले गौतमको शब्द रहेको चुनावी गीत मंगलबार सार्वजनिक गरेको हाे। गीतमा ‘कलम हो है चुनाव चिह्न छाप लगाउने,
समाजवाद निर्माण गर्न जनता जगाउने’ लगायतका शब्द रहेका छन् । गीतको बोल ‘जनता जगाउने, कलममा छाप लगाउने’ रहेको छ ।
फुर्सदिला बामदेव: प्रमुख दलका शीर्ष र प्रभावशाली नेताहरू यतिबेला स्थानीय चुनावको चटारोमा देखिएका बेला तिनै नेताका समकालीन
बामदेव गौतम भने निकै फुर्सदिला देखिन्छन् । कम्युनिस्ट आन्दोलनमा दशकौँ गुजारेका उनी अहिले सामान्य नागरिकको दर्जामा सीमित देखिन्छन् ।
तीन पटक संसदीय चुनाव जितेर तीनै पटक मुलुकको गृह मन्त्रालयको समेत बागडोर सम्हालेका गौतम गुपचुप हुँदा धेरैको सोधीखोजीको विषय बन्न पुगेका छन् ।
गौतम के गर्दैछन् त ? रातोपाटीकर्मी सोमबार बिहान साढे ११ बजे गौतम निवास भैँसेपाटी पुग्दा उनको निवासमा कुनै चहलपहल देखिएन ।
रातोपाटीकर्मी आएको गौतमका सहयोगीले जानकारी गराएपछि उनी कोठाबाट ढोकासम्म आइपुगे । हामीलाई देखेपछि गौतमले भित्रै आउन इशारा गरे ।
कोठामा पुग्दा टेबलभरि पुस्तकहरू असरल्ल थिए । कोठामा छिर्ने क्रममै गौतमले मुख फोरे, ‘राजनीतिक नेतृत्व । केही न केही गर्न बानी
परेकाले चुनाव नलागेपछि फुर्सदमा अध्ययनमा लागेको छु,’ उनले आफ्नो दैनिकी सुनाए । तत्कालीन एमालेका शीर्ष नेता र पटक पटक मन्त्री भएका गौतमलाई यस पटकको स्थानीय तह
निर्वाचनले पटक्कै छोएको छैन भन्ने उनको पहिलो वाक्यांशबाटै प्रष्ट हुन्थ्यो । चुनावमा चासो नभएपछि उनले कुनै उम्मेदवारको पक्षमा खुलेर क्याम्पेनिङ गर्ने कुरा पनि भएन ।
एक हिसाबले भन्ने हो भने मुलुकमा चुनावी माहौल तात्दै गर्दा वामदेव गौतम भने ‘म मौनतामा अल्झिरहेको मान्छे…’ भन्ने गीत गुनगुनाउँदै एक्लै रमाइरहे झैँ लाग्छन् ।
‘लेख्ने, पढ्ने र आफ्ना शुभेच्छुक, समर्थक र एमाले स्कुलिङका नेता कार्यकर्तासँग भेट्ने अनि फुर्सद निकालेर घरमै अध्ययन गरेर समय बितेको छ,’
कसरी समय व्यतीत भइरहेको छ ? भन्ने प्रश्नमा गौतम छोटो जवाफ दिन्छन् । त्यसो त गौतमलाई एमाले र एकीकृत समाजवादीका नेताहरूले
चुनावी प्रचार प्रसार गर्न गइदिनुपर्यो भनेर सहयोगको अपेक्षा नगरेका भने होइनन् । पौडेलबाहेक एमालेका अरू नेताले पनि गौतमलाई चुनाव प्रचार गर्न आग्रह गर्न छोडेका छैनन् ।
एमालेसँग गौतमको मन मरिसकेकाले पनि नेताहरूको आग्रहले उनको मन फर्किन सकेको छैन । भैंसेपाटीमा गौतमका छिमेकी छन् एमाले उपाध्यक्ष विष्णु पौडेल ।
उपाध्यक्ष पौडेलले चुनाव प्रचारप्रसारमा गइदिनु पर्यो भनेर बारम्बार आग्रह पनि गरेका हुन् । तर, गौतमले पौडेलको आग्रहलाई खासै चासो दिएनन् ।
‘मलाई पौडेलले चुनाव प्रचार प्रसारमा गई दिनुपर्यो, तपाईं जत्तिको नेताले बोल्दा प्रभाव पर्छ भनेर धेरै पटक आग्रह गर्नुभयो’ गौतमले भने,
तर, मैले कसैको पक्षमा चुनाव प्रचार गरेको छैन । चुनाव प्रचार गर्न पनि मन नि लागेको छैन भन्ने जवाफ दिएँ ।’ पौडेलबाहेक एमालेका अरू नेताले
पनि गौतमलाई चुनाव प्रचार गर्न आग्रह गर्न छोडेका छैनन् । एमालेसँग गौतमको मन मरिसकेकाले पनि नेताहरूको आग्रहले उनको मन फर्किन सकेको छैन ।