बिहिबार , बैसाख ६, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस ?️?️?️

नेकपा (एमाले)को काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको विषयम २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

काठमाडौंको एक कलेजसहित विभिन्न ठाउँमा मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उलंघन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले सोमबार स्थापितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

केशव स्थापित, महिला पुनर्स्थापना केन्द्र (ओरेक) र नेशनल कलेजलाई स्पष्टीकरण सोध्ने आयोगले निर्णय गरेको छ । तपाईंले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत

भए कि भएनन् भनेर आयोगले स्थापितलाई मेयर २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो,’ प्रवक्ता पौडेलले भने ।

ओरेक र नेशनल कलेजलाई भने तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको उनले जानकारी दिए । स्थापितले चुनाव प्रचारका क्रममा दिएका

अभिव्यक्तिले आचारसंहिता उलंघन गरेको भन्दै उजुरी आएको पौडेलले बताए । उजुरी आउने लिखित, मौखिक र फोन माध्यम भएको त्यस्तै उम्मेदवारले दिएका अभिव्यक्तिका

समाचार सञ्चार माध्यममा पढेर पनि आयोगले स्पष्टीकरण सोध्ने गरेको उनको भनाइ थियो । नेशनल कलेजमा आयोजित चुनावी कार्यक्रमा आफूलाई लागेको ‘मीटू’

आरोपबारे प्रश्न गरिएपछि स्थापित प्रश्नकर्तामाथि झोक्किएका थिए । त्यसपछि पनि उनले आफ्ना प्रतिस्पर्धी बालेन शाहमाथि अभिव्यक्ति दिएका थिए । जसले पनि उनको आलोचना

भएको थियो । ओरेकले भने नेशनल कलेजमा स्थापितले दिएको अभिव्यक्ति महिला हिंसालाई प्रशय दिने खालको भएको भन्दै विज्ञप्ति निकालेको थियो ।

काठमाडौँ — कीर्तिपुरमा जारी दोस्रो टी-२० अन्तर्गत नेपाल र जिम्बावे ‘ए’ बीचको खेल वर्षाका कारण स्थगित भएको छ । खेल रोकिँदासम्म ५

ओभरमा विकेट गुमाउँदै जिम्बावे ‘ए’ ले ४८ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो ।

आइतबार नेपालसँग भएको पहिलो खेलमा भने जिम्बावे ‘ए’ले ६ विकेटले जित हात पारेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय