पिनास रोगका मुख्य कारण

  • रोग प्रतिरोध क्षमतामा कमी
  • नाकको हडडी बाङ्गो हुने अवस्था
  • एलर्जी
  • श्वास नलिको सक्रमण
  • अनुचित जीवनशैली
  • अनुचित पाचन एवं पोषण
  • शरीरमा सञ्चित विषाक्त पदार्थ
  • मानसिक एवं शारीरिक तनाव

पिनासको लक्षण

  • शिरमा अत्यन्त पीडा
  • नाक सुख्खा हुनु
  • श्वासमा दुर्गन्ध
  • गन्धबोधमा कमी हुनु
  • निरन्तर रुघा लाग्नु
  • तातो वाफ र पिप निस्कनु
  • नाकको भागमा सुन्नीनु
  • अनुहार वरिपरी सुन्नीएको अनुभव
  • निरन्तर सिंगान बग्नु

पिनासबाट बच्ने उपाय

  • तातो झोल पदार्थ प्रशस्त पिउने
  • तातो र न्यानो खाना खाने
  • चिसो मौसमबाट बच्ने
  • नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने
  • प्रशस्त पानी पिउने
  • नाक, मुखलाई धुवाा, धूलोबाट बचाउन माक्स प्रयोग गर्ने
  • केरा, सुन्तला, भूईकटहर जस्ता फलफूल नखाने
  • दुग्ध पदार्थ अत्यन्त कम खाने
  • भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने
  • नियमित प्राणयाम तथा व्यायाम गर्ने
  • अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने
  • धूम्रपान त्याग्ने
  • तुलसी एवं बेसार पानी पिउने र बाफ लिने

उपयोगी जडिबुटीहरु
बेसार, मोथे, अदुवा, करञ्ज, हिङ्ग, देवदारु, दाडिम, दुवो, केशर, यष्टिमधु, पिप्पली

खान र गर्न हुने कुरा
नाकको रोगमा बन्द कोठामा बस्नु, पसिना निकाल्नु, पुरानो जौ, शाली चामल, मुग, गहतको रस, लसुन, हल्का भोजन पथ्य हुन्छ । उसिनेको खाना मात्र खाने, सिंगान बगिरहेमा तातोपानीमा अदुवा, तुलसी, बेसार पानी पिउने । सुख्खा पिनास भए पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउन सकिन्छ ।

खान र गर्न नहुने कुरा
दही, दूध, माछा, मासु, अण्डा, पीरो, अमिलो अचार, चिल्लो, चिसो खानेकुरा, बार्नुपर्दछ । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फुटेमा बढी तातो र बढी मसालादार खानेकुरा खानहुादैन । त्यस्तै मासको दाल, तामा, फर्सी, गोलभेंडा, पिंडालु, मुला, करेला, बकुल्ला र तोरीको साग पनि खानुहुदैंन ।

योग/प्राणयाम
रक्त एवं मस्तिष्कमा अक्सिजन प्रवाहको लागि गरिने श्वास प्रश्वासको लाभदायक व्यायाम प्राणायाम हो । तसर्थ पिनासका लागि प्राणायाम अत्यन्त लाभदायक
मानिन्छ । बिहान खाली पेटमा प्राणायाम, व्यायाम गर्नाले नासागत सम्पूर्ण नासागत रोगहरु नाष्ट हुन्छ ।
उपयोगी प्राणयाम : कपालभााती प्राणायाम, भष्ट्रिका, अनुलोम विलोम

घरेलु उपचार

  • हरियो धनियाा र सेतो चन्दन पिनेर सुघ्नाले छ्या नष्ट हुन्छ ।
  • बेसार, अदुवा, धनियाा, पिप्पली बराबर भुट्ने र मसालाको रुपमा तरकारी वा सुपको रुपमा प्रयोग गर्ने
  • सक्खर मरिच दही सेवन गरेमा रोग नष्ट हुन्छ ।
  • चिसो हावा, चिसो खाना, मसालादार खानाबाट बच्ने
  • सधैं तातो पिउने वा खाने र श्वास संक्रमणबाट बच्ने
  • नुनपानीले दिनको २-३ पटक कुल्ला गर्ने -सिंधे नुन)
  • अदुवा, हरिद्रा आदि तातो पानीसाग पिउने
  • आयुर्वेद अनुसार बेसार कपडामा बेरेर धुवाा सुघ्ने
  • पटक पटक मनतातो पानी पिउने

पिनासको आयुर्वेदिक उपचार
तेल मालिस : तेलले मालिस गर्दा पिनासको दुःखाईमा अत्यन्त लाभदायक हुन्छ । तेललाई तताएर साइनस क्षेत्र गाला, निधार, कञ्चट, नाकको वरिपरी मालिस साथै तातो पानीको वाफ लिनाले नाक बन्द हुने, पिडा कम हुन्छ ।
स्टिम थेरापी : औषधीय स्टिममा सास लिनुपर्ने पिनासका लागि लाभदायक हुन्छ । यसका साथै तातो पानीमा अदुवा, बेसार अलिकति मिसाएर वाफ लिएर पनि नाकसम्बन्धि सबै समस्या ठिक हुन्छ । एउटा भााडोमा तातोपानी राखी टाउकोमा कपडाले ढाकेर दिनमा एक पटक वाफ लिन
सकिन्छ ।

नस्यकर्म : नास्यकर्म भनेको आयुर्वेद शरीर शुद्घ प्रक्रियाअन्र्तगत शिर एवं नाशागत रोगका निमित्त महत्वपूर्ण चिकित्सा हो । नाकबाट विभिन्न औषधीहरु पठाएर पिनास एवं नासाका अन्य समस्यामा चिकित्सकको प्रत्यक्ष निगरानीमा आयुर्वेद केन्द्रमा नस्य उपचार गरिन्छ । नस्य कर्मले नासामार्ग रहेका संक्रमण नष्ट हुन्छ र रुकावट ठिक हुन्छ, साथै नव एवं जीर्ण पिनास रोग पनि सफलतापूर्वक ठिक हुन्छ ।

-डा. राम मणि भण्डारी

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय