बिहिबार , बैसाख १३, २०८१

 

भिडियो हेर्न यहाँ तल थिच्नुहोस?️?️?️

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनका लागि गरिएको टिकट वितरणमा असन्तुष्टि व्यक्त गरेका छन्।

नेता कोइरालाले आज विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि टिकट वितरण गर्न एउटा मापदण्ड बनाउन बारम्बार कुरा उठाए पनि त्यसलाई बेवास्ता

गरिएको बताएका छन्। उनले टिकट वितरणको जिम्मेवारी पाएका व्यक्तिहरूले न्यायसङ्गत रूपमा काम नगरेको आरोप लगाएका छन्।

‘टिकट वितरणमा एउटा मापदण्ड बनाई अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेछ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिक रूपमा

साथीहरूबीच कुरा उठाएका थियौं, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन‚’ विज्ञप्तिमा उल्लेख छ‚ ‘अहिले दुःखका साथ भन्नुपर्छ, टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले

पार्टी कार्यकर्ताहरूप्रति समान रूपले न्याय गर्न सक्नुभएन।’ यस्तै‚ नेता कोइरालाले टिकट वितरणमा आर्थिक चलखेल भएकाले जीवनभर कांग्रेसको

सिद्धान्त र मूल्यमान्यता बोकेर काम गरिरहेका निष्ठावान् नेता तथा कार्यकर्ताहरू टिकट पाउनबाट वञ्चित भएको दाबी गरेका छन्। विज्ञप्तिमा उल्लेख छ‚ ‘टिकट वितरणमा आर्थिक

चलखेल र अनियमितता भयो भन्ने कुराहरू पनि यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमानदार र निष्ठावान् कार्यकर्ताहरू भोग्दै छन्।’

पार्टीले इमानदार नेता तथा कार्यकर्ताहरूको सम्मान नगरेकाले नै उनीहरू पार्टी छाडेर गएको र स्वतन्त्र उम्मेदवार भएको नेता कोइरालाले बताएका छन्।

‘अहिले म साथीहरूको असन्तुष्टि देशभरिबाट सुन्दै छु, टिकट वितरणलाई लिएर‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘जीवनभर कांग्रेसको सिद्धान्त,

मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरू यतिखेर पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेका छन्। कैयौं साथीहरू स्वतन्त्र

उम्मेदवारका रूपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ।’ उनले टिकट वितरणबारे अध्ययन र समीक्षा गरिने आश्वासन दिंदै तत्काललाई

असन्तुष्टिलाई थाँती राखेर कांग्रेसलाई विजयी बनाउने अभियानमा होमिने अपील समेत गरेका छन्। नेपाली कांग्रेसका नेता

डा. शेखर कोइरालाले पालिका चुनावमा पार्टीबाट टिकट वितरण गर्दा अनियमितता भएको टिप्पणी गर्नुभएको छ । आज प्रेस विज्ञप्ति निकालेर उहाँले टिकट वितरणमा आर्थिक

चलेखल र अनियमितता भयो भन्ने कुरा सार्वजनिक भैरहेको र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताले भोग्दै गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

उहाँले पार्टीभित्र भैरहेका यस्ता कामबाट निराश नहुने पनि उल्लेख गर्नुभएको छ । पार्टीको गलत निर्णय र क्रियाकलापकै कारण केही ठाउँमा कांग्रेस नेता कार्यकर्ता स्वतन्त्र

उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य भएको उहाँको भनाइ छ । कोइरालाले असन्तुष्ट नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा फर्किन आग्रह पनि गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय