आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

पहिलाे अपडेट / साउन २५, अर्घाखाँची

सामुदायिक वन दिवस समाराेह तथा पुरस्कार वितरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएकाे छ ।

“सामुदायिक वनमा नविनतम साेच, उत्पादन, उद्धम र समृद्दिमा जाेड” भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा सहभागीहरुले वन संरक्षणमा सवैकाे चासाे हुनुपर्नेमा जाेड दिएका छन् ।

कार्यक्रमकाे जिल्ला समितिका प्रमुख पिताम्वर शर्मा भुसालले ब्यानर बाचन गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसाल सहित शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य अधिकारी, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण अाचार्य, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, राजनितिक दलकाे तर्फबाट नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद खनाल, धैरेनीपाखाे सामुदायिक वनका अध्यक्ष सुमित्रा कुमाल, सामुदायिक वन उपभाेक्ता महासंघ प्रदेश ५ का सचिवालय सदस्य सुर्य केसी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्लामा उत्कृष्ट बन्न सफल केही सामुदायिक बनका उपभाेक्ता समुहहरुलाई सम्मान समेत गरिएकाे थियाे । जसमा बेलपाेखरी सामुदायिक बन भुनपा ६ प्रथम भएकाे छ । यसैगरी भगवती सामुदायिक वन, पाणिनी – ७ द्वितीय, पावर सामुदायिक वन सिनपा – १४ तृतिय भएकाे छ भने देउराली सामुदायिक वन मालारानी – ४ सान्त्वना हुन सफल भएकाे छ । उत्कृष्ट सामुदायिक वनहरुलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख अनिल महताेले कार्यालयले गरेका कामहरुकाे प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रम सामुदायिक बन उपभाेक्ता जिल्ला महासंघका अध्यक्ष रामचन्द्र पाेखेलकाे अध्यक्षता, सहायक वन अधिकृत शिला पाेख्रेलकाे संचालन र महासंघका जिल्ला सचिवालय सदस्य मधुकुमार श्रेष्ठकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे हाे ।

जिल्लामा ४४२ सामुदायिक वनहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय