शुक्रबार , चैत्र १६, २०८०

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस?️?️?️?️

नेकपा एमालेका नेता भीम रावल पहिलेदेखि अन्य दलसँग चुनावी तालमेल गर्न हुँदैन भन्ने पक्षमा छन्। एमालेले राप्रपा नेपालसँग आसन्न

स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कुरा गरेदेखि नै उनी असन्तुष्ट छन्। अहिले एमालेले राप्रपा नेपाल र परिवार दलसँग वैशाख ३० हुने स्थानीय तहको

निर्वाचनमा तालमेल गर्ने सहमति नै गरिसकेपछि त झन् उनको असन्तुष्टि चुलिएको छ। यी दुवै दलले एमालेकै चुनाव चिह्न सूर्य नै लिएर चुनाव लड्ने निधो गरेका छन्।

जसमा एमाले नेता रावलले बिहीबार आपत्ति प्रकट गरेका हुन्। उनले आफ्नै पार्टीलाई सूर्य बिक्री हुने चिह्न हो भनेर सोधेका छन्।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्,

‘के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र।’

भीम रावललाई प्रश्न: तपाईंको पार्टीले त राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति गरेछ नि? आफ्नो पार्टी नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल र

परिवार दलसँग गठबन्धन गर्ने भनेर गरेको सहमतिप्रति नेता भीम रावलले असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार अपराह्न नेपालखबरले भीम रावलसमक्ष

जिज्ञासा राख्यो – तपाईंको पार्टीले त राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति गरेछ नि?जवाफमा उनले भारतीय राजदूतकाे बिदाइ भाेजमा

शीर्ष नेता सहभागी भएकाे घटनासमेत जाेडेर निकै निराशा व्यक्त गरे। नेपालखबरलाई छाेटाे प्रतिक्रिया दिँदै उनले यसाे भने :

अँ, यो देशको राजनीति प्रधानमन्त्रीसहित पुष्पकमल दाहाल, माधव नेपाल, मन्त्रिपरिषदका सदस्यहरू, प्रधानसेनापतिहरू भारतीय राजदूतलाई बिदाइ गर्न राजदूतावास पुग्ने,

अनि यता एमालेले राप्रपा र परिवार दलसँग गठबन्धन गर्ने, अर्काेतिर शेरबहादुर देउवाजीसँग पुष्पकमल दाहाल, माधव नेपाल र चित्रबहादुर केसीले (गठबन्धन) गर्ने,

नेपाल राजनीतिक रूपमा भाँडभैलोको दिशातिर जाँदै छ। र, नेताहरूले मूल्य, मान्यता, मर्यादालाई ध्वस्त गर्दै छन्। र, पार्टीको जुन दलीय प्रणाली हो, त्यसलाई निर्दलीय अभ्यासतिर लैजाँदै छन् कि भन्ने यो आभास हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय