शनिबार , बैसाख ८, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस ?️?️?️

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताएका छन्। गोरखाको पालुङटार

नगरपालिकामा मंगलबार आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमाण्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

नेता श्रेष्ठले सम्मानजनक ढङ्गबाट गठबन्धन नभए पार्टी एक्लै चुनावमा जाने बताए। नेता श्रेष्ठले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने

गरी सहमति भए मात्र गठबन्धन स्वीकार्य हुने समेत बताए।
‘हाम्रो पार्टीको प्राथामिकता गठबन्धनका लागि गठबन्धन मात्र होइन। गठबन्धन बनाएर निर्वाचनमा होमिएपछि

सहमतिको अक्षरशः पालना हुने गरी मात्र हुनुपर्छ,’ श्रेष्ठले भने। पार्टीले आन्तरिक एकतालाई सुदृढ पारेर निर्वाचनमा होमिनुपर्ने श्रेष्ठको भनाइ छ। पार्टीले अबलम्वन गरेको

समाजवादको लक्ष्य हासिल गर्नका लागि सडक, सदन र सरकारमा सङ्घर्षको रणनीति लिएर पार्टी अघि बढिरहेको उनले उल्लेख गरे।

‘अहिलेको स्थानीय तहको निर्वाचन भने स्थानीय सदनको मोर्चामा जाने तयारी हो,’ उनले भने, ‘यो मोर्चा नजिते हामीले हाम्रो लक्ष्य हासिल गर्न सक्दैनौँ।’

नेता श्रेष्ठले माओवादी केन्द्रले जितेका देशभरका स्थानीय तहहरुमा राम्रो काम भएको बताउँदै त्यसबारेमा जनतालाई बुझाउन सक्नुपर्नेमा जोड दिए।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले देशमा प्रतिगमनको खतरा अझै नटरेको बताएका छन्। गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिकाको

प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान विरोधी शक्तिबाट देशमा प्रतिगमन खतरा बाँकी नै रहेको बताए।

संविधानको रक्षाका लागि दलीय गठबन्धन गरेर अघि बढ्नु परेको उल्लेख गर्दै उनले अझै पनि केही राजनीतिक दल गठबन्धनमा विभाजन ल्याएर देशलाई प्रतिगमनतर्फ लैजान

प्रयास गरिरहेको जिकिर गरे । “प्रतिगमनको खतरा अझै टरेको छैन”, उनले भने, “शान्ति र संविधानको रक्षाका लागि सबै सचेत हुनु जरुरी छ।” नेता श्रेष्ठले जनमुखी विकास

गरेर देशलाई परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए। नेपालको सङ्घीयता विशेष प्रकारको रहेको छ”, उनले भने, “सङ्घीयता स्थापित भएसँगै नेपाली जनताको

अधिकार सङ्घ प्रदेश हुँदै गाउँसम्म पुगेको छ।”माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्धले देशमा सङ्घीयता स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको कुरालाई कसैले

नर्कान नसक्ने उल्लेख गर्दै उनले अब विकास र समृद्धिमार्फत सङ्घीयताको मर्म र भावना जनतालाई बुझाउनुपर्नेमा जोड दिए।

“सङ्घीयता स्थापनापछि त्यसको कार्यान्वयनमा केही कमीकमजोरी भएका छन्”, उनले भने, “त्यस्ता कमीकमजोरीलाई समीक्षा गर्दै जनताको घरदैलोमा पुग्नुपर्ने

बेला आएको छ, अब हामीले जनतालाई बुझाउनु पनि पर्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय