शुक्रबार , चैत्र १६, २०८०

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस?️?️?️

सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका उनलाई सो टिभीबाट यही चैत २० गर्ने जनता जान्न चान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाएको हो ।

सो कार्यक्रममा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षक दिई विमान

भित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक

भ्रमण सकेर नेपाल फर्कने क्रममा भ्रमण दलमा नै सहभागी भएका उनले विमानभित्रैबाट अनुमति बेगर, पटकपटक वायु सेवाका कर्मचारीहरुले

सेक्युरिटी प्रोटोकल विपरीत यसो नगरिनिुस्, यसो गर्न मिल्दैन भन्दाभन्दै पनि बलजफ्ति जवरजस्ती रुपमा निषेध गरिएको क्षेत्रमा छिरेर

भिजुअल रेकर्ड गरी सम्प्रेषण गरेको सो अनुगमनबाट देखिएको काउन्सिलले जनाएको छ । साथै केही समय अघि सञ्चारकर्मी धमलाले

नेपाल बारको आन्तरिक बैठकमा पनि अनुमतिबेगर बैठकस्थलमा प्रवेश गरी प्रत्यक्ष प्रसारणको प्रयास गरेको विषय समेत काउन्सिलको

स्वअनुगमनबाट नोटिममा लिइएको अमुगमन अधिकृत सुरेन्द्र मल्लले उल्लेख गरेका छन् । पत्रमा भनिएको छ,‘पत्रकार तथा सञ्चार माध्यमले सूचना

तथा सङ्कलन र सम्प्रेषण सभ्य र शिष्ट रुपमा सामग्री सम्प्रेषण गर्नुपर्ने, पेशागत अभ्यासमा सामाजिक शिष्टता र मर्यादित कार्यशैली प्रयोग गर्नुपर्ने पत्रकार आचारसंहिता,

२०७३ (पहिलो संशोधन, २०७६०) को व्यवस्था रहेको छ । तसर्थ, सुरक्षा संवेदनशीलतालाई नजर अन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलका

कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको

प्रत्यक्ष प्रशारण के कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटकपटक यस्तो गैर पेसागत क्रियाकलाप किन हुन पुगेको हो ?

पत्रकारिता क्षेत्रको मर्यादा विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशानुसार सूचित गरिन्छ ।’

धमलालाई सोधेको स्पष्टीकरण पत्रको बोधार्थ प्रेस काउन्सिल नेपालका अध्यक्ष, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत, प्रवक्ता र सूचना अधिकृतलाई गरिएको छ ।

विमानका परिचारकहरुले रोक्दा पनि उनीहरुलाई धक्दा दिँदै क्यामेरा म्यानसहित छिरेका धमलाले जहाज भित्रैबाट लाइभ प्रसारण पनि गरेका थिए।

यसलाई लिएर विरोध भइरहेको बेला प्रेस काउन्सिलले जहाजको संवेदनशील क्षेत्रमा जबरजस्ती छिर्नुको कारण २४ घण्टाभित्र पेश गर्न काउन्सिलले धमलालाई निर्देशन दिएको हो।

धमलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज अवतरण गरेपछि परिचारहरुमाथि दुर्व्यवहार गर्दै ककपिटमा छिरेका थिए।

प्रधानमन्त्री देउवासँग अन्तर्वार्ता लिने भन्दै जहाजका कर्मचारीलाई धक्का दिँदै धमला इकोनोमी क्लासबाट बिजनेस क्लासमा छिरेर लाइभ गरेका थिए।

काउन्सिलले सुरक्षाका दृष्टिकोणले निषेध गरिएको क्षेत्रमा आचारसंहिता विपरीत भिडिओ पनि प्रसारण गर्नुको कारण पनि धमलासँग खोजेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय