बिहिबार , बैसाख १३, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस ?️?️?️

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट भए आफु कम्युनिस्ट नहुने बताएका छन् । सोमबार प्रोग्रेसिभ

इन्जिनियरिङ एसोसिएसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानिसहरुले वामपन्थी भनेको प्रचण्ड नै सम्झने गरेको पनि बताए ।

‘नबुझेर मान्छेहरुले म त वामपन्थी हुन सक्दिन भन्छन् । वामपन्थी भनेको उसले बुझेकै छैन’, अध्यक्ष ओलीले भने, ‘अलिकति के भो भने वामपन्थी भनेको मान्छेहरुले प्रचण्ड

सम्झन्छन् । अनि कसरी हुन्छ ? हुने कुरै रहेन नी !’ उनले पहिला पनि आफुले प्रचण्ड कम्युनिस्ट हुन् भने म होइन भनेको स्मरण गर्दै भने, ‘मैले एकपटक भनेको थिएँ, पोहोर

परार । यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन भने म कम्युनिस्ट होइन । प्रचण्ड भन्ने मान्छे नै कम्युनिस्ट हो भने म होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’

आफु र प्रचण्ड दुवै कम्युनिस्ट हुनै नसक्ने ओलीको दावी छ । ‘त्यो सम्भव नै छैन नि दुइटा एउटै कुरो कसरी सम्भव हुन्छ ?’, ओलीको प्रश्न छ । आफु र प्रचण्ड बीचमा फरक

छुट्याउँदै ओलीले भने, ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ म शान्तिको पक्षमा छु । उहाँ जात जातमा भिडाउन खोज्नुहुन्छ, मान्छेलाई म मिलाउन खोज्छु । उहाँ

मधेस र पहाडको लडाई गराउन खोज्नुहुन्छ म शान्ति कायम गरेर मेलमिलापसँग अघि बढ्नुपर्छ, सबैलाई समान अधिकार दिनुपर्छ भन्छु…।’ उनले पाँच दलीय गठबन्धन दुई

दिनको खेल र टालाटुली बटुलेका पुतली भएको दावी गरे । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी परिणामले देखाउने ओलीको भनाइ छ ।

सोमबार प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसनको कार्यक्रममा ओलीले ओलीले भने, ‘नबुझेर मान्छेले के भनिदिन्छ भने म त वामपन्थी त हुन सक्दिन । के पनि भयो

भने वामपन्थी भन्यो भने मान्छेले प्रचण्ड सम्झिन्छ, अनि कसरी हुन्छ ?’ उनले अघि भने, ‘मैले एक पटक भनेको थिएँ भने यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म

कम्युनिस्ट होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’ प्रचण्डको आलोचना गर्दै उनले भनेका छन्, ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ, म शान्तिको

पक्षमा हुन्छु । उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडलाई भिडाउन खोज्नुहुन्छ, म शान्ति कायम गरेर मेलमिलाप गरेर अगाडि

बढाउनुपर्छ भन्छु । कसरी हुन्छ ? उहाँ यो धर्म र त्यो धर्म भनेर घृणाको खेती गर्न खोज्नुहुन्छ, म त्यो गर्दिनँ । उहाँ वामपन्थी आन्दोलन कमजोर पार्न काम गर्न हुनुहन्छ, म

बलियो बनाउन लाग्छु । मैले एकता गराउने काम गरेँ, उहाँ फुटाएर हिड्नुभयो ।’ एमाले अध्यक्ष ओलीले तत्कालीन नेकपा माओवादी केन्द्रलाई आफूले बलपूर्वक एकतामा

ल्याएको समेत दाबी गरे । उनले भने, ‘झ्याप समातेर घिस्याएर ल्याएको हो, अब त ठीकै भयो होला भनेर यसो छोडेको त गुरुरु …टाप ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय