बिहिबार , बैसाख १३, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस ?️?️?️

आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनमा सिंगो गठबन्धन एकभएर जाने भएको छ। केन्द्रदेखि पालिकासम्मै संयन्त्र बनाएर जाने निर्णय गरेको गठबन्धनले

आगामी निर्वाचनमा एकताबद्ध भएर जाने सहमति गरेको हो। मंगलबार मात्रै सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसले आवश्यक्ता र अवस्थाका आधारमा चुनावी

तालमेल गर्ने निर्णय गरेको थियो। जसप्रति सत्ता गठबन्धनकै अन्य दलको असन्तुष्टि थियो। तर बिहिबारको गठबन्धन बैठकमा घनिभूत छलफल गर्दै सिंगो गठबन्धन

चुनावी तालमेलसहित निर्वाचनमा जाने भएको हो। योसँगै स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने काँग्रेसको निर्णय ‘च्याप्टर क्लोज’ भएको छ। प्रधानमन्त्री देउवाले

आफुलाई सघाएका दलहरुलाई एकताबद्ध बनाएरै निर्वाचनमा जाने उद्घोष गरेका छन्। काँग्रेसको आवश्यकता आधारमा चुनावी तालमेलमा जाने विषयमाथि गठबन्धनमा

आवद्ध अन्य दलले प्रश्न उठाएका थिए। काँग्रेसले चाहेका स्थानमा मात्रै तालमेल हुनेत होइन रु यो कस्तो तालमेल हो भन्ने सवाल उठाएपछि प्रधानमन्त्री देउवाले चार दललाई

आश्वस्त पार्दै मजबुत गठबन्धनका साथ चुनावमा जाने बताएका हुन्। प्रधानमन्त्री देउवाले यति भनेपछि अब चुनावी तालमेलको अलमलमा रहेका अन्य दलसमेत ढुक्क

बनेका छन्। देउवाको बोली फुटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई

सबैभन्दा धेरै हाइसुक्क भएको छ। यसअघि नेपाली काँग्रेसभित्रको मतभेद्ले प्रचण्ड–माधवलाई तनावमात्रै दिएको थियो। काँग्रेसभित्र सभापति देउवाइतरको शेखर

कोइराला पक्षले चुनावी तालमेल गर्ने नहुने मत राख्दै आएको थियो। जुन अहिले पनि कायमै छ। तथापी देउवाले आवश्यक्ताको आधारमा भन्ने शब्दको प्रयोग गर्दै विरोधी

पक्षलाई मिलाउने काम गरेका थिए। अब आवश्यक्ता आधारमा भन्ने शब्दको औचित्य समाप्त भए पनि स्थानीय स्तरमै चुनावी तालमेलको निर्णय गर्ने अधिकार दिने

भनिएपछि शेखर पक्षले समेत सार्वजनिक विरोध जनाएको छैन। फलतः यसअघिदेखि नै तालमेलका लागि प्रधानमन्त्री देउवासँग हारगुहार गरिरहेका प्रचण्डसहितका नेताहरु अब

ढुक्क अवस्थामा छन्। यद्यपी केन्द्रले निर्णय गर्दैमा तल्लो तहसम्म चुनावी तालमेल कसरी हुन्छ रु अहिलेको मुख्य प्रश्न यहीँ बनेको छ। तीन तहमा बन्ने यो संयन्त्रले स्थानीय

तहमा कुन पार्टीको अवस्था कस्तो छ भनेर अध्ययन गर्नेछन्। पार्टीहरुको अवस्था हेरेपछि मात्रै कहाँ कुन पार्टीका उम्मेदवार उठाउने भन्ने निर्णय समेत यही संयन्त्रले गर्नेछ।

तर महानगरपालिकाको हकमा भने केन्द्रबाटै टिकट टुंगो लगाउने तयारी गरिएको छ। यो निर्णयपछि सत्ता गठबन्धनबाहेकका अन्य दलसँग चुनावी तालमेलको ढोका

समेत बन्द भएको छ। तर गठबन्धनबीच चुनावी तालमेल भएपछि सबैभन्दा धेरै दबाबमा परेको नेकपा एमालेले यसलाई लोभी पापीहरुको मिलन भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय