बिहिबार , बैसाख १३, २०८१

भिडियो हेर्न येहा माथी थिच्नुहोस ?️?️?️?️

मुनामदन र मालतीमंगले जस्तो सर्वाधिक सफल गीतिनाटकहरूमा आफ्नो सुमधुर स्वर प्रदान गर्ने नारायण गोपाललाई

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पैसाको नाममा केवल तीन हजार रुपियाँ मात्र दिएको कुराको गुनासो पोख्दै
एकपटक नारायण गोपालले भनेका थिए– ‘गीतिनाटकमा

गायन र संगीत राम्रो नभएको भए कथाले मात्र केही हुँदैनथ्यो । तत्कालीन राजा वीरेन्द्रले दिएको एक लाख रुपियाँबाट लेखकले बीस हजार पाए भने हामीलाई तीन

तीन हजार मात्र दिइयो । यो कस्तो मूल्यांकन हो ? यसलाई पक्षपात भन्ने कि अन्याय ?’ नारायण गोपालको यो प्रश्नले पनि उनी निर्भिक र सत्य कुरालाई नलुकाई निर्धक्क भन्ने

बानी रहेको व्यक्ति भन्ने पुष्टि गर्दछ । स्वर सम्राट् नारायण गोपाल विसं २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकार, विसं २०२४ सालमा सर्वोत्तम गायकको

पुरस्कार, विसं २०४८ सालमा मरणोपरान्त त्रिशक्तीपट्ट, इन्द्रराज्य लक्ष्मी पुरस्कार, जगदम्बा पुरस्कारलगायत थुप्रै पुरस्कार,

पदक, विभूषणबाट विभूषित भएका थिए । यसरी आफ्नो जीवनकालमा विभिन्न पुरस्कारबाट सम्मानित भएका स्वर सम्राट्

नारायण गोपालको इच्छाबमोजिम स्थापना गरिएको ‘नारायण गोपाल संगीत कोष’ ले नेपाली आधुनिक गीत अनि संगीतको वकास गरी यसको मौलिकता, स्तरीयता र लोकप्रियताको

आधारमा सम्बन्धित व्यक्तिहरूलाई प्रोत्साहित गर्ने गराउने उद्देश्यसहित संगीतकर्मीलाई नारायण गोपाल संगीतपुरस्कार प्रदान गरेर संगीत क्षेत्रमा ठूलो गुन लगाउँदै आइरहेको छ ।

विसं २०४७ साल मंसिर महिनाको १९ गतेका दिन राति ९ बजेर २५ मिनेट जाँदा आफ्नो नश्वर शरीर अनि संगीत संसार त्यागेर गएका नारायण गोपाल आज हामीबीच नरहे पनि

उनका सयौं गीतहरू सदैव हाम्रो मुटुबीच अनि नेपालको संगीताकाशमा चम्किलो ताराका रूपमा सधैं चम्किरहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय