शुक्रबार , बैसाख ७, २०८१

भिडियो हेर्न येहाँ माथी थिच्नुहोस ?️?️?️

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनमा जान हुने र नहुनेबीच बहस भइरहेका बेला महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाको मत पनि बाझिएको छ ।

बैठकमा महामन्त्री थापाले चुनावमा गठबन्धन गर्न नहुने अडान राख्दा विश्वप्रकाशले आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने बताएका छन् ।

बैठकमा महामन्त्री थापाले गठबन्धन गरेर नभई कांग्रेस एक्लै चुनावमा जानु पर्ने मत राखे । महामन्त्री गगन थापाले आफू गठबन्धनका पक्षमा

नरहेको र यसले कांग्रेसलाई फाइदा नगर्ने बताए। तर अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आवश्यकताका आधारमा गठबन्धन गरेर जान सकिने बताउँछन्।

थापाले लाखौँ मतदाता नयाँ थपिएकाले पहिलो पटक नै अन्य चिह्नमा भोट हाल्न लगाउँदा उनीहरूलाई कांग्रेस बनाइराख्न गाह्रो हुने उदाहरण पेस गरे ।

’अहिले लाखौँ मतदाता नयाँ छन् । तीनलाई पहिलोपल्ट अन्य चिह्नमा भोट हाल्न लगाउँदा भोलि कांग्रेस बनाउन सकिन्छ त ?,’ उनले भने ।

महामन्त्री थापाले कम्युनिस्टबाट लोकतन्त्रमा खतरा छ भन्ने र कम्युनिस्टलाई मिल्न नदिएर लोकतन्त्र बचायौं भनेर जाने हो भन्ने प्रश्न पनि गरेका थिए ।

‘अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्लान् त?’, बैठकमा उनले भनेका छन्।

थापाले पटक पटक कम्युनिष्टबाट लोकतन्त्र खतरामा छ भनिरहेको बताउँदै कांग्रेसले आफ्नो एजेन्डासहित जनतामा जानुपर्ने बताए।

‘नेपालमा कम्युनिस्टबाट लोकतन्त्र खतरामा छ भनेर बेलाबेला जनतालाई भनेका छौँ’, उनले भने, ‘यस पटक के कम्युनिस्टहरु मिल्न दिएनौँ, लोकतन्त्र जोगायौँ भनेर जाने हो र जनतामाझ ?’

बैठकमा आफ्ना धारणा राख्दै अर्का महामन्त्री शर्माले अघिल्लो निर्वाचनको तथ्यांक प्रस्तुत गर्दै गठबन्धन कायम राख्नु पर्ने बताए ।

उनले केही निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै बलियो देखिए पनि केही ठाउँमा कमजोर रहेकाले गठबन्धन आवश्यकता अनुसार गर्नुपर्ने बताए ।

तर महामन्त्री शर्माले भने ०७४ मा पार्टीले धेरै सिट हारेकोले जित्नका लागि आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने बताएका छन्।

’हामी कतै एक्लै बलियो अवस्थामा छौँ । तर, केही ठाउँको स्थिति हेर्ने हो भने निकै कमजोर छौँ । त्यसैले गठबन्धन आवश्यकता अनुसार गर्नुपर्छ,’ उनले भने ।

कांग्रेस बैठकमा गठबन्धन गर्ने कि एक्लै चुनावमा जाने भन्ने विषयमा नेताहरूबीच जुहारीसमेत चलेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय