बुधबार , बैसाख १२, २०८१

भिडियो हेर्न येहा माथी थिच्नुहोस ?️?️?️?️

नारायण गोपाल र चाँदनी शाहको सम्बन्ध बाहिर व्याख्या भएको जस्तो सम्बन्ध थिएन जंगमका अनुसार भएको भन्दा फरक कुराहरु बाहिर आएका छन्।

‘मैले पनि दरबारसँग नारायण दाइको सम्बन्ध नराम्रो भएको कुरा सुनेको हुँ। तर ‘एउटा मान्छेको मायाले कति’ बोलको गीत रेकर्ड गर्दा सोधेको थिएँ।

उहाँले ‘मलाई त्यहाँ बोलाएका छैनन, म आफैँ त्यहाँ गएको छैन। म राजनीति गर्ने मान्छे पनि होइन। मलाई केही कुरा थाहा छैन’ भने। त्यसपछि हामीले काम गर्‍यौँ।’

गीत र कामको प्रशंसा भएपछि नारायण गोपालले नेपाली संगीतको विकासको लागि केही काम गर्न रानीलाई अनुरोध गर्ने विचार गरे।

उनले रानीका सचिवलाई प्रस्ताव राखेपछि अस्वीकार भयो। ‘रानीले पुरुषलाई भेट्नुहुन्न भनेपछि नारायण गोपाल बिच्किए, त्यसपछिको अर्को काम दरबारसँग हुन सकेन।’

पछि जाडो छल्न राजारानी सुर्खेत पुगेको बेलामा नारायण गोपालको साँगीतिक कार्यक्रम भयो। रानीले प्रस्तुति हेरेपछि नमस्कार गरेर

‘तपाईँले मलाई जनताको बनाइदिनुभयो’ भनेपछि नारायण गोपाल मख्ख परेछन्। जंगमलाई काठमाडौँ फर्केपछि ‘दरबारका मान्छे बाहिर देखिएजस्ता नहुँदा रैछन्’

भनेका थिए रे। त्यसपछि अरु काम गर्ने भन्ने सल्लाह भएपनि काम पूरा हुन भने पाएन। पछि पछि जंगमले नारायण गोपालसँग काम गर्न पाएनन्।

आफ्नै काममा व्यस्त भए। र, उनको देहान्त भयो। बाबु आशागोपाल गुरुवाचार्यको प्रेरणाले गायक भएका गोपालले नेपाली संगीतको इतिहासमा अमिट छाप छोडेर गए। भिडियो हेर्न येहा तल थिच्नुहोस ?️?️?️

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय