बुधबार , बैसाख १२, २०८१

काठमाडौँ –

कम्युनिष्ट पार्टीहरू फुटेका बेला हुन लागेको चुनावमा एक्लै जाने कि अरू पार्टीलाई पनि सँगसँगै लिएर जाने भन्नेमा नेपाली

कांग्रेसले तीन दिनसम्म केन्द्रीय समितिमा छलफल गरेको छ। यद्यपी यो केन्द्रीय समितिमा चुनावी गठबन्धन लिखित एजेन्डाभित्र परेको थिएन।

टिकट बाँड्ने केन्द्रीय संसदीय बोर्ड गठनको एजेन्डा रहे पनि यसबारे छलफल नै हुन पाएन, चुनावी गठबन्धनमै व्यापक छलफल भयो।

स्थानीय चुनाव केन्द्रित अभियानमा ७७ जिल्लाका गाउँ-गाउँ पुगेर फर्केका केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीको अवस्थाबारे ब्रिफिङ गरे।

उनीहरूले ०७४ मा कांग्रेसले ल्याएको भोट र कम्युनिष्टहरू विभाजन हुँदा अहिले कांग्रेसले लिन सक्ने फाइदाबारे केन्द्रित रहेर विवरण पेश गरेका थिए।

बैठकमा बोलेका अधिकांश शीर्ष नेता र केन्द्रीय सदस्यहरूले गठबन्धन गरेरै जानुपर्ने धारणा राख्दा शेखर कोइरालालगायत उनी पक्षका

नेताहरूले एक्लै चुनावको सामना गर्न पार्टी तयार हुनुपर्ने बताए। गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन हुँदा सभापतिमा

शेरबहादुर देउवा र शेखर प्रतिस्पर्धामा उत्रिएका थिए। गठबन्धन गर्नेबारे पनि यी दुई नेता पक्षबीच मतभेद देखिएको छ।

सभापति देउवाले ०७४ मा पार्टीका अधिकांश नेता हारेकोले यसपालि जित सुनिश्चित गर्न गठबन्धन गर्नुपर्ने बताए। ७५३ स्थानीय तहमा कांग्रेसले २५३ स्थानीय तहमात्रै जितेको थियो।

०७४ को स्थानीय, प्रदेश र संघीय चुनावमा कांग्रेसका अधिकांश नेता हारेका थिए। गठबन्धन नगर्ने हो भने यसपालि पनि त्यस्तै अवस्था सिर्जना

हुन सक्ने सभापति देउवा बताउँछन्। ‘०७४ मा म त बालबाल चुनाव जितेको हुँ, हाम्रा अधिकांश साथीहरू हार्नुभएको हो,’ देउवाले आज केन्द्रीय समितिमा भने,

‘पुराना कुरा भुलेर गठबन्धन गरेर जाऔं, सबै सिट जित्न सजिलो हुन्छ।’ शेखर कोइरालाले भने सिद्धान्त नै नमिल्ने नेकपा माओवादी केन्द्रलगायतसँग

केका लागि गठबन्धन गर्ने हो भन्ने प्रश्न गरे। ‘केका लागि गठबन्धन गर्ने, किन गठबन्धन गर्ने?,’ उनले भने, ‘कांग्रेसभित्रै एकता गरौं, एक्लै चुनावमा जाऔं।’

उनले सिद्धान्त नमिल्ने पार्टीहरूलाई ‘बोक्न’ जरूरी नभएको बताउँदा सभापति देउवाले प्रतिवाद गरेका थिए। माओवादीलाई गिरिजाबाबुले शान्ति प्रक्रियामा

ल्याउनुभएको हो, मैले हो?,’ देउवाले त्यसबेला किन प्रश्न गरिएन भन्दै सोधे, ‘माओवादीले मलाई पनि एम्बुस हानेका हुन्। पुराना कुरा भुलेर गठबन्धन गरेर जाऔं।’

बैठकमा बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको आवश्यकता अझै रहेको बताए। एक्लाएक्लै चुनावमा जाँदा नेकपा एमाले

बलियो हुन सक्नेतर्फ सचेत रहन उनले आग्रह गरेका थिए। ‘ओलीलाई फेरि बलियो बनाउने काम गर्न हुन्न,’ उनले भने, ‘यसका लागि बरू सत्तागठबन्धनलाई सँगै लैजाऔं।

माओवादी र समाजवादीलाई पनि भोट दिऔं।’ उनले माओवादी र एकीकृत समाजवादीलाई साथमै लिएर कांग्रेसले एमालेलाई

‘साइजमा राख्नुपर्ने’ बताएको एक केन्द्रीय सदस्य बताउँछन्।गठबन्धन नगर्दा माओवादी र एकीकृत समाजवादी जुनसुकै बेला ‘कम्युनिष्टहरू एक हुनुपर्छ’

‘कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ। हामीले सरकारलाई असजिलो हुने गरी निर्णय गर्न हुन्न,’ उनले भने, ‘तर गठबन्धन गर्दा स्थानीय नेता तथा कार्यकर्ताको मनोविज्ञानलाई पनि ख्याल गरिनुपर्छ।’

नेताहरूले बोल्ने क्रम आज सकिएको र भोलि गठबन्धनबारे सैद्धान्तिक निर्णयमा पुगिने कांग्रेसले जनाएको छ ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठकमा बोल्ने अधिकांश नेताहरू गठबन्धन गरेर जानुपर्ने पक्षमा देखिएको बताए। तर केही नेताहरू भने परीक्षणका रूपमा पार्टी एक्लै चुनावमा जानुपर्नेमा रहेको उनले बताए।

‘भोलि ३ बजेको बैठकमा गठबन्धनबारे हामी निर्णय गर्छौं। नेताहरूले बोल्ने क्रम आज सकिएको छ,’ उनले भने, ‘पार्टीलाई स्थानीय चुनावमा कसरी प्रस्तुत गर्नेलगायत विषयमा भोलि निर्णय गरिन्छ।’

प्रवक्ता महतका अनुसार विशिष्ट परिस्थितिमा गठबन्धनको सरकार बनेकोले चुनावसम्म उक्त गठबन्धन कायमै राख्नुपर्ने बताए।

तालमेल गरेर जाँदा नै पार्टीले धेरै सिट जित्ने अधिकांश साथीहरूले बताउनुभयो,’ उनले भने, ‘एक्लै पार्टी गएर परीक्षणमा राख्नुपर्छ भन्ने मत पनि आएका छन्।’

उनकाअनुसार के गर्दा पार्टीले धेरै सिट जित्छ त्यही मोडलअनुसार गठबन्धन गर्ने तयारी छ। गठबन्धनको सैद्धान्तिक निर्णय भने मंगलबार अपरान्ह ३ बजेपछि बस्ने बैठकले गर्ने महतले बताए।

यसपालि केन्द्रीय समिति बैठकमा सभापति देउवाले बोल्न चाहने जति सबैलाई आफ्ना कुरा राख्न दिएका थिए। तर पाँच मिनेटभित्र कुरा राखिसक्नुपर्ने थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय