बुधबार , भाद्र १, २०७९

काठमाडौं-

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा वा बर्खास्त गर्न माग गरिएको छ। नेपाली

कांग्रेसका अर्थविद्हरुले लिखित दस्तावेज नै प्रस्तुत गरेर अर्थमन्त्री हटाउन माग गरेका हुन् भने केन्द्रीय सदस्य प्रकाश स्नेहीलगायतले

बोल्ने क्रममा शर्मा असक्षम भइसकेको भइसकेको बताउँदै बर्खास्त गर्ने वा राजीनामा दिनेमध्ये एक विकल्पमा अघि बढ्नुपर्ने बताएका थिए।

कांग्रेस केन्द्रीय कार्यसमितिमा उठेका विषयमा जानकारी दिँदै केन्द्रीय सदस्य स्नेहीले अर्थतन्त्र संकटमा पुर्‍याएको बताउँदै शर्माको राजीनामा माग गरेको बताएका हुन्।

उनले भने, ‘पार्टीका अर्थविद्हरुको समूह (योजना आयोगका पूर्वउपाध्यक्षसमेत)ले अर्थमन्त्री असफल भएको भन्दै लिखित दस्तावेज नै प्रस्तुत गर्नुभएको छ।

हामीले पनि राजीनामा वा वर्खास्त गर्न माग गरेका छौं।’ स्नेहीले शर्माको असक्षमताका कारण नेपालको हालत श्रीलंकाको जस्तो हुनेमा आफूहरुले सचेत गराएको बताए।

उनले अर्थमन्त्री शर्मा अर्थविद् नभएकाले संकट झन् गहिरिने हुनाले समयमै समाधान खोज्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएको बताए।

उनले थपे, ‘निर्वाचन आयोगले माग गरेको बजेट दिन कति दिन लाग्यो? यो निर्वाचन त गरौंला। यही अवस्था रह्यो भने अर्को निर्वाचनमका लागि मतपत्र छाप्न समेत सकेनौं भने के

हुन्छ?’ अर्थमन्त्रालय माओवादीले नै राख्ने भएपनि शर्माको विकल्प भने जरुरी भएको बताए। आफूहरुका कुरा प्रधानमन्त्री देउवाले ध्यान दिएर सुनेको उनको भनाइ छ।

७३ साना दललाई उनीहरुकै चिन्हमा चुनाव लड्न दिने आयोगको निर्णय: निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ साना दललाई

उनीहरुको आफ्नै दलको चिन्हमा चुनाव लड्न दिने निर्णय गरेको छ । आइतबार साँझ आयोगको बसेको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो ।

त्यस्तो विवरण बुझाएका ७३ दललाई चुनाव चिन्ह दिनेबारे शनिवार छलफल भएको र आइतबारको बैठकले निर्णय गरेको निर्वाचन

आयुक्त रामप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए । स्थानीय तह निर्वाचन ऐन २०७३ मा रहेको प्रावधान अनुसार राष्ट्रिय मान्यता नपाएका दलहरुले आफ्नो पार्टीको चिन्ह लिएर

चुनावमा भाग लिन नपाउने अवस्था थियो । उनीहरुले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्नुपर्ने अवस्था आएपछि विरोधका कार्यक्रम गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय