बिहिबार , बैसाख ६, २०८१

काठमाडौँ –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा गरिएको सुझबुझपूर्ण निर्णयले माओवादीलाई फुटाउने प्रयास असफल भएको बताएका छन् ।

बुधबार माओवादी केन्द्रको प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले देशी विदेशी शक्तिले

माओवादीलाई फुटाउन तथा कमजोर बनाउन अनेक षड्यन्त्र गरेको बताउँदै प्रचण्डले त्यसकै लागि एमसीसीमा दाउ हेरे पनि त्यो सम्भव नभएको बताए ।

‘अहिलेपनि पार्टीभित्र कुनै फाटो सिर्जना गर्न सकिन्छ कि भनेर निकै प्रयास भयो । तर एमसीसीबारेको व्याख्यात्मक घोषणाले त्यो षड्यन्त्र असफल भएको छ’, उनले भने ।

एमसीसी पास भएपछि पार्टीभित्र फाटो ल्याउन प्रयास भएपनि सबै फरक मतलाई सम्बोधन गरिने भएपछि पार्टी एकढिक्का भएको बताए ।

केन्द्रीय समिति बैठकमा फरक मतलाई समेटेर अघि बढ्ने र आवश्यक परे सबै फरक मतबारे पार्टीमा उपयुक्त समयमा हुने प्रचण्डले बताए ।

उनले पार्टी अहिले एकढिक्का भएर अघि बढेको बताउँदै आगामी चुनावमा पार्टीलाई जिताउन भूमिका खेल्न प्रवासका अगुवा नेताहरुलाई आग्रह गरे ।

प्रचण्ड भन्छन् – अबको निर्वाचन माओवादीका लागि ब्याटल हो नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

अबको निर्वाचन माओवादी केन्द्रका लागि ब्याटल भएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय

आयोगको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताएका हुन् ।

पार्टीका नेता कार्यकर्ताले संगठन व्यवस्थित नगर्दा र अलि निष्क्रिय हुँदा प्रतिक्रियावादीले कसरी आक्रमण गर्छन् भन्ने संसद विघटनसम्मको

घटनाले देखाएको भन्दै अध्यक्ष प्रचण्डले संसद विघटनको घटना संविधान विघटन र परिवर्तनका शक्तिमाथिको आक्रमण भएको बताए ।

आफूहरूले परिवर्तनको रक्षाका लागि अपिल गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिलाई जोगाउन आफूहरूले जित्नैपर्ने बताए ।

अहिलेको मुख्य काम स्थानीय तहको निर्वाचनमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नुपर्ने भन्दै उनले सबैले राजनीतिक र प्राविधिक रुपमा आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

पार्टीमा भएका असल, अनुशासित र विषयगत क्षेत्रका कुशल नेतालाई आयोगमा राखिएको भन्दै अध्यक्ष प्रचण्डले आयोगका

सदस्यलाई पार्टीका निर्वाचन केन्द्रीत अस्थायी कमाण्डमा कार्यविभाजन गरेर जोडिन र फिल्डमा काम गर्न निर्देशन दिए । बैठकमा अनुशासन आयोगका सचिव अशोक रोकाया,

लेखापरीक्षण आयोगका सचिव टेकनाथ आचार्य र निर्वाचन आयोगका सचिव प्रदीप पोखरेलले आ–आफ्नो आयोगको रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय