बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

चुनाव नजिकिदै गएका बेला सबैभन्दा धेरै पार्टी छाड्ने नेताकार्यकर्ताहरुमा नेकपा माओवादी केन्द्र पहिलो नम्बरमा रहेको छ ।

दिनदिनै सयौ हजार प्रभावशाली नेताहरुले पार्टी छाड्न थालेपछि आसन्न निर्वाचन माओवादीका जित्न झन् झन् चुनौतीपूर्ण बन्दै गएको छ ।

यसैबीच, माओवादीमा अर्को ठूलो बज्रपात भएको छ । अर्का प्रभावशाली नेता दलबलसहित आज अर्को पार्टीमा प्रवेश गर्न लागेका छन् ।

नेकपा माओवादी कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्ट नेकपा एमाले प्रवेश गर्ने भएका छन् । सिटी हलमा

आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उनलाई पार्टी प्रवेश गराउन लागेका हुन् ।

विष्टसहित थप केही जिल्ला कमिटिका सदस्यहरु समेत एमालेमा प्रवेश गराउने तयारी भइरहेको एमालेका नेताहरुले बताएका छन् ।

प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएका थिए । योसँगै महत्वपूर्ण पदमा बसेका व्यक्ति नै

एमालेमा जान लागेपछि माओवादी वृतमा खैलाबैलचा मच्चिएको छ । यस्तै यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले

चुनावका लागि गठबन्धनको मात्रै भर गरेर नबस्न कार्यकर्तालाई सुझाएका छन्।अध्यक्ष प्रचण्डले यो चुनावलाई सामान्य नठान्न नेता कार्यकर्तालाई निर्देशन दिए।

त्यसका लागि आगामी २ महिना नसुतेर रातदिन खटिन उनले आह्वान गरे। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। चुनाव आउन अब

लगभग २ महिना मात्र बाँकी छ। आफू जीवनको उत्तरार्द्धमा पुगिसकेको भए पनि जोसका साथ खटिरहेको बताउँदै यसको गम्भीर अर्थ भएको प्रचण्डले बताए।

नेकपा माओवादी केन्द्र सिन्धुली जिल्ला समितिको नवनिर्मित भवन उद्घाटनमा प्रचण्डले भने, ‘निर्वाचन आउँदै छ, यो सामान्य निर्वाचन नठान्नुहोला,

हामी माओवादीका निम्ति यो निकै महत्त्वपूर्ण छ, हामीले हार्यौं भने संविधान हार्नेवाला छ, हामीले हार्यौं भन्ने गणतन्त्र हार्ने खतरा छ, तसर्थ हामीले यो निर्वाचन जित्नैपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय