काठमाडौँ –
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेका दुईजना मन्त्रीले पार्टी छाड्ने चर्चा भ्रम मात्रै भएको बताएका छन् ।
केही समययता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेकपा (एमाले)मा फर्किने चर्चा चल्दै आएको छ ।
नेकपा (एकीकृत समाजवादी) तनहुँले शनिबार आँबुखैरेनीमा आयोजना गरेको पालिकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् ।
पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले आफ्नो जनताको आकर्षण बढेकाले यसलाई कायम राख्नुपर्ने बताए । उनले पार्टीलाई असल कम्युनिस्ट
पार्टी बनाउने एक मात्र लक्ष्य रहेकाले सोही लक्ष्यमा हिँड्न सबैलाई अनुरोध गरे । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित
गरी गाउँगाउँ पुगेर पार्टीका बारेमा प्रचार गर्न अध्यक्ष नेपालले आग्रह गरे । प्रचण्डको काँधमा चढेर ओलीले आफूलाई अग्लो देखाउन खोजे: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) कमजोर भइसकेको र एकीकृत समाजवादी मूलधारको पार्टी बनेको जिकिर गरेका छन्।
शनिबार गोरखामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीका कारण नेकपा (एमाले) बाट विद्रोह गर्नुपरेको जनाउँदै
अब पहिलेको एमाले नरहेको दाबी गरे। “एमालेले जबजको मर्मलाई आत्मसात् गरेको छैन। मानसम्मान गर्ने, सुसंस्कार र सुसंस्कृति
हो, जबज,” ओलीका कारण त्यो सकिएको जिकिर गर्दै नेपालले भने, “ओलीमा गाली मात्रै छ। खिसी टिउरी बाहेक केही छैन।”
अघिल्लो निर्वाचनमा पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर मात्रै ठूलो पार्टी भएको उनको भनाइ थियो।
“प्रचण्डको काँधमा चढेर ओलीले आफूलाई अग्लो देखाउन खोजे,” नेपालले भने। एमाले अध्यक्ष ओलीले आज काठमाडौं आयोजित कार्यक्रममा नेपाल
नेतृत्वको एकीकृत समाजवादी पार्टी बन्न नसकेको र नबन्ने दाबी गरेका थिए। त्यसको जवाफमा नेपालले एकीकृत समाजवादी मूलधारको
पार्टी बनेको जिकिर गर्दै भने, “नेकपा (एमाले) अब एमाले रहेन। ‘बी’माले, ‘सी’माले भन्नुस्। सूर्यमा ग्रहण लागिसकेको छ।”
एमाले छोडेर थुप्रै नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा आएको उनको भनाइ थियो। “हाम्रो पार्टी सुदूरपश्चिम र मधेश प्रदेशमा सबैभन्दा ठूलो दल हो,”
अध्यक्ष नेपालले थपे, “प्रदेश १ र बागमती प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ।” आगामी स्थानीय तहको निर्वाचनमा जनताको घरदैलोमा पुग्न र
एकीकृत समाजवादीले बोकेको विचारधाराका विषयमा जनतालाई जानकारी गराउन उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए।