शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

राजधानीका काठमाडौंको मेयर बन्न लागि पूर्वप्रधानमन्त्रीले नै मैदानमा उत्रने तयारी गरेपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी सुरु भएका छन् ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने संकेत गरेपछि उनीमाथि विभिन्न खाले टिप्पणी सुरु भएका ह्न् ।

उनले प्रधानमन्त्री भैसकेको मान्छे मेयर बन्न गज्जबले मिल्ने भन्दै यस्तो संकेत गरेका हुन् । डा. भट्टराईले फ्रान्सका पूर्वप्रधानमन्त्री

इडुवार्ड फिलिप अहिले त्यहाँको ले हाभ्रे नगरको मेयर रहेको समेत बताएका छन् । उनले आफूले जिवनमा जनताको लागि सार्थक काम

गर्नको लागि जहिले पनि साथिहरूलाई भन्ने गरेको बताएका छन । सामाजिक सञ्जाल ट्विटरमा एक प्रयोगकर्ताले काठमाडौंको बाटो हिड्दा बाबुरामको याद

आउने भन्दै काठमाडौं बनाउन बाबुराम जस्ता आँट भएका ब्यक्तिहरू आउनु पर्ने बताइका थिए । उक्त ट्विटको जवाफ दिँदै भट्टराईले मेयरमा उठ्न सक्ने सन्केत गरेका थिए ।

यस्तो छ बाबुराम भट्टराईको ट्विटः– प्रम भएको मान्छे मेयर बन्न गजबले मिल्छ ! फ्रान्सका पूर्व प्रम Edouard Philippe अहिले त्यहको Le Havre नगरका मेयर छन्। म सधैं

साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताकालागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख/मेयर बन्नोस्! कसैले सुने पो ! हाम्रो संस्कार जो छ!

जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष

डा.बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उनले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन उपर छलफल भइरहेको छ ।

जसपाको केन्द्रीय समितिको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । केन्द्रीय समितिको बैठकअघि परिषद्को बैठक बसेको हो ।

प्रतिवेदनमा जसपा र अरू पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको छ । दस्तावेजमाथि सामूहिक छलफल हुने जसपाले जनाएको छ ।

विसं २०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जसपा बनेपछि पार्टीको पहिलो सङ्घीय परिषद् बैठक हो ।

विभिन्न विषय समेटिएको ३२ पृष्ठको प्रतिवेदनमा राजनीतिक शक्तिको विश्लेषणका रुपमा नेपाली काँग्रेस नेपाल कम्युनिष्ट पार्टीका घटकहरु,

राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबारे धारणा समेटिएको छ । प्रतिवेदनमा अध्यक्ष भट्टराईले काँग्रेस वैचारिक दृष्टिकोणले

उदारवादी–पूँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने पार्टीका रुपमा चित्रित गरेका छन् । काँग्रेसले प्रजातान्त्रिक समाजवादको नारा

लिए पनि यसको व्यावहारिक अभ्यास गर्न नसकेको आरोप प्रतिवेदनमा लगाइएको छ । यस्तै नेपालमा धेरै कम्युनिष्ट समूह रहेका र नेकपा (एमाले),

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत घटकहरु जसपाको

दृष्टिकोणमा एउटै पेन्सिलका फरक–फरक टुक्रा मात्रै भएको प्रतिवेदनमा भट्टराईले उल्लेख गरेका छन् । काँग्रेस र कम्युनिष्टको ब्रान्ड

नामबाहेक काँग्रेस र एमालेको नीतिमा भिन्नता नभएको टिप्पणी गर्नुभएका भट्टराईले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन

प्रणाली परिवर्तनको प्रश्नमा माओवादी केन्द्र काँग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष भट्टराईले एकीकृत समाजवादीको एजेन्डा अझै प्रस्ट भइनसकेको र राप्रपा सानो शक्ति भए पनि विचारले सबभन्दा दक्षिणपन्थी,

प्रतिक्रियावादी र पश्चगामी दल भएको टिप्पणी गरेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीको विचार, सिद्धान्त र एजेन्डा प्रस्ट नभएको उनको विश्लेषण छ ।

विवेकशील–साझा पार्टीको एउटा पङ्क्तिले विचारमा पश्चगामी फन्को मारेको र प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवाहरु असन्तुष्ट रहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

जनमत पार्टीको वास्तविक राजनीतिक अभीष्ट के हुन् भन्ने अझै प्रस्ट नभएको उनको प्रतिवेदनमा उल्लेख छ । ‘स्वतन्त्र मधेस’ को नाराबाट

यो पार्टीको नेतृत्व चर्चामा आएको प्रतिवेदनमा भनिएको छ । यस्तै पूर्ववत् सरकार र वर्तमान गठबन्धन सरकारका बारेमा र पार्टीको एजेन्डाका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय