काठमाडौँ –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि बारम्बार आ’क्रमणको प्रयास भएको बताएका छन् । लुम्बिनी प्रदेशका नेता तथा

कार्यकर्तालाई प्रशिक्षण दिँदै​ उनले अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेतृत्वमाथि आ’क्रमण गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

पहिलो संविधानसभाको निर्वाचनमा आफूलाई सिरहामा भौतिक आ’क्रमण गर्न खोजिएको उनको भनाइ छ । उनले आफूलाई मा’र्ने योजना बनाएर

आ’क्रमण गर्न खोजिए पनि जनमुक्ति सेनाका कमान्डरले बचाएको बताए । ‘नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्यो भने भौतिक रुपमा आ’क्रमण गर्ने रणनीति अहिले पनि कायम छ,’

प्रचण्डले भने, ‘पहिलो संविधानसभाको निर्वाचनमा मलाई जनमुक्ति सेनाका कमान्डरहरूले बचाएका हुन् । नत्र भने सिरहामा मारिने थिए ।’

त्यो रणनीति पनि पछि सार्वजनिक भएको उनको भनाइ छ । यस्तै अध्यक्ष प्रचण्डले पार्टीमाथि पनि बारम्बार आ’क्रमण भइरहेको बताए ।

‘माओवादी पार्टीलाई पटक पटक छिनो–छिनो हुने गरी आ’क्रमण गरियो । यो अहिले पनि जारी छ,’ उनी भन्छन् । माओवादीमाथि भए–नभएका कुरा

गरेर आ’क्रमण गरिने गरेको प्रचण्डको गुनासो छ । उनले भने, ‘भएको कुरामा पनि गरिएको छ, नभएको कुरामा पनि गरिएको छ । त्यो अहिले पनि जारी रहेको छ ।’

आफ्नै तागतले निर्वाचनमा होमिन्छाैँ : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै तागतले निर्वाचनमा होमिने बताएका छन् ।

उनले पहिलाे प्राथमिकता आफ्नै दममा निर्वाचन लड्ने र दोस्रो गठबन्धनमा कुरा मिले गठबन्धन गरेरै जाने माओवादीको धारणा रहेको जिकिर गरे ।

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीले आफ्नै तागतमा लड्ने बताएका हुन् ।

प्रचण्डले त्यसका लागि संगठनलाई बलियो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिइसकिएको बताए । उनले भने, ‘राजनीतिक रुपमा सुसूचित र

आर्थिक रुपमा जनतालाई सम्पन्न बनाउने पार्टीको एजेण्डालाई मुख्य ध्यानमा राखेर आफ्नै तागतमा निर्वाचन अभियानमा होमिन हामीले नेता कार्यकर्तालाई निर्देशित गरेका छौं ।’

अध्यक्ष प्रचण्डले गठबन्धन गरेर मात्र चुनाव जितौंला भन्ने नसोच्न नेताहरुलाई सचेत समेत गराए । ‘गठबन्धनमार्फत चुनावी परिणामलाई सकारात्मक

बनाउने विषयलाई सहायक रणनीतिक बनाएर अघि बढ्नुपर्छ’, उनले भने । प्रचण्डले तालमेल गर्ने विषयमा गठबन्धनको मुख्य नेतृत्वमा कुनै अलमल नदेखिएको दाबी गरे ।

उनले भने, ‘गठबन्धन बनाउँदा संविधानको रक्षा, प्रतिगमनका विरुद्ध संघर्ष गर्नका लागि भनेर बनाइएको गठबन्धन हो । त्यो उद्देश्य पूरा गर्ने काम अझै बाँकी रहेको छ ।’

प्रचण्डले एमसीसीका कारण नयाँ गठबन्धन बन्छ कि जस्तो देखिएपछि व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन गराएपछि हालका लागि गठबन्धन सुरक्षित रहेको बताए ।

उनले एमालेसँग तत्कालै गठबन्धन बन्न सक्ने अवस्था नरहेको पनि स्पष्ट पारे । प्रचण्डले निर्वाचन हुँदैन कि भन्ने भ्रम हटेको बताए । ‘तोकिएको समयमै चुनाव हुन्छ ।

त्यसमा कुनै कन्फ्युजनमा नरहन सबैलाई आग्रह गर्दछु’, प्रचण्डले भने ‘निर्वाचनको बारेमा कुनै कन्फुयुजन भए तयारीलाई असर गर्छ । अहिले पुरै तयारीका साथ लाग्ने अहिलेको विषय हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय