बिहिबार , बैसाख १३, २०८१

पहिलाे अपडेट / साउन २१, अर्घाखाँची

अर्घाखाँचीकाे चर्चित स्थानिय तहकाे नाम हाे छत्रदेव गाउँपालिका । पालिका अध्यक्ष लेखनाथ पाेख्रेलकाे अाक्रामक नितिका कारण गाउँपालिका चर्चामा छ ।

खासगरी मिडियामा राम्रै चर्चा कमाउन सफल पाेख्रेल विकासवादी रहेकाे र निस्कलंकित स्वाभाव रहेकाे उनी निकटले बताउने गरेका छन् ।

पाेख्रेल र छत्रदेवकाे चर्चा बढिरहेकाे बेला गाउँपालिकाले अार्थिक वर्ष २०७५/७६ मा निर्माण गरेकाे कार्यालय अगाडीकाे पर्खाल भत्किएपछि पालिकाकाे चर्चा एकाएक चुलिएकाे छ ।

कार्यालयकाे कार्यालय बाेर्डकै अगाडि भत्किएकाे वालकाे फाेटाे सामाजिक सन्जालमा भाईरल बनेकाे छ । कार्यालयकै बाल कमजाेर बनाउनेले समग्र बिकास निर्माणकाे काम कस्ताे गरेहाेलान भन्दै समाजिक सन्जालमा चर्चा परिचर्चा गरिएकाे देख्न सकिन्छ ।

स्थानिय सरकारहरुले निर्माण कार्य गर्दा संख्यामा मात्र हाेइन गुणस्तरमा प्रतिष्प्रधा गर्ने हाे भने यस्ता समस्या दाेहाेरिने थिएनन कि ?

( फाेटाे हामीले स्थानिय पत्रकार मधुसुदन पाण्डेको फेसवुक वालबाट साभार गरेका हाैँ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय