शुक्रबार , बैसाख ७, २०८१

काठमाडौँ –

अध्यक्ष प्रचण्डले आफ्नो परिवारका सदस्य र निकटहरुलाई प्राथमकिता दिएर केन्द्रीय सदस्य बनाएको भन्दै नेताहरुले पार्टी छाडेको घोषणा गर्न थालेका हुन्।

सोमबार माओवादीको केन्द्रीय सदस्यमा ५२ जनालाई थपिएको थियो। जसमा प्रचण्ड पुत्री गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि छन्।

त्यस्तै अखिल क्रान्तिकारी पृष्ठभूमिका मात्रै १० जना छन्। केन्द्रीय समितिमा नपरेपछि नेता राजु आले मगरले सोमबारै साँझदेखि

बागमती प्रदेश समिति सदस्यको जिम्मेवारीबाट अलग भएको जनाएका छन्। ‘पार्टीको प्रदेश समिति सदस्यको जिम्मेवारीबाट बिदा लिएको छु।

आजको मितिसम्म सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हृदयदेखि आभार ब्यक्त गर्दछु’, उनले भनेका छन्, ‘आजको मितिबाट पार्टीको साधारण सदस्य मात्रै रहने इच्छा गरेको छु।’

केन्द्रीय समितिमा नपरेपछि माओवादी ललितपुर इन्चार्ज हरि दाहाल ‘ललित’ले पनि पार्टीमै नरहने घोषणा गरेका छन्। केन्द्रीय सदस्यमा नपरेपछि

माओवादी ललितपुर जिल्ला इन्चार्ज ‘ललित’ले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घोषणा गरेका हुन्।

यसअघि पनि उनले आफूलाई धोका भएको बताउँदै आएका छन्। गुटगत राजनीतिले गत चुनावमा उम्मेदवारी दिन नपाएको गुनासो छ।

उनले श्रीमती गङ्गा पराजुलीलाई राष्ट्रिय सभामा लगिदिने नेताहरुको आश्वासन पनि पूरा नभएको गुनासो गर्ने गरेका छन्।

दाहालको एकल नेतृत्वमै निर्वाचनमा जाँदै माओवादी माओवादी केन्द्रीय समिति बैठकमा गोजीबाट केन्द्रीय सदस्य मनोनीत गरिएको भन्दै विरोध भएको छ ।

अध्यक्ष पुष्पकमल दाहालले बैठकमा ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेपछि विरोध भएको हो । ‘पार्टी विधि र पद्धतिले चल्छ, व्यक्तिगत विवेकले होइन,’

बैठकमा करिब डेढ दर्जन नेताको भनाइ थियो, ‘केन्द्रीय समितिमा चयन हुनुपर्ने नेता छुटेका छन् । यसलाई सम्बोधन गर्नुपर्‍यो ।’

यस्तो धारणा राख्नेमा सुदन किराँती, रामदीप आचार्य, माधव सापकोटा, सरल सहयात्री पौडेल, राजकुमार शर्मा, सावित्रा गुरुङ, देवी खड्का, पूर्णा सुवेदीलगायत छन् ।

आठौं महाधिवेशन सकिएको दुई महिना बित्दा पनि केन्द्रीय समितिलाई पूर्णता दिन माओवादी असफल भएको छ । आकांक्षीहरूको व्यवस्थापन सम्भव नभएपछि पदाधिकारी,

स्थायी समिति र पोलिटब्युरो चयन पनि कम्तीमा दुई महिना पछाडि धकेलिएको छ । वैशाख ३१ को स्थानीय तह निर्वाचनपछि मात्रै केन्द्रीय समितिलाई पूर्णता,

पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन हुने नेताहरूले बताएका छन् । अध्यक्ष दाहालले आगामी बैठक जेठ २० मा बस्ने बताएका छन् ।

केन्द्रीय सदस्यहरू सापकोटा, पौडेल, आचार्यलगायतले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा सहमति नभए चुनावबाट टुंग्याउन माग गरेका थिए ।

सहमति नभए चुनावबाट टुंगो लगाऔं,’ उनीहरूको माग थियो । दाहालले स्थानीय निर्वाचनपछि पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोलाई पूर्णता दिने जवाफ दिए ।

पार्टी मर्दै गएको छ, पार्टीलाई जीवन्त बनाउने हो भने ढाँचा बदल्नुपर्छ, सोच्ने तरिका बदल्नुपर्छ,’ आचार्यले बैठकमा उठेका विषय सुनाए ।

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले खुलातर्फ ५५ र समानुपातिकतर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए ।

दाहालले प्रस्ताव गरेका नाममा छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्यसहित छन् । ती नाममा विवाद भएपछि ४७ जनाको नाममात्रै अनुमोदन भएको हो ।

विधानअनुसार केन्द्रीय समिति २ सय ९९ जनाको र त्यसको १५ प्रतिशत (४५ जना) मनोनीत गर्दा केन्द्रीय समिति ३ सय ४४ सदस्यीय

हुनेछ तर केन्द्रीय समिति बैठकले ४७ जनाको मात्रै नाम अनुमोदन गरेपछि हाल २ सय ९४ सदस्यीय केन्द्रीय समिति बनेको छ ।

बाँकी ५० जना मनोनयनको जिम्मा अध्यक्ष दाहाललाई नै दिइएको नेताहरूले बताएका छन् । माओवादी नेता हरिबोल गजुरेलका

अनुसार बैठकमा दाहालले प्रस्ताव गरेकै नामबाट केन्द्रीय समितिमा मनोनयन गरिनेछ । ‘प्रस्तावित नाममध्ये ४७ जनाको अनुमोदन भयो, बाँकी पनि यिनै नामबाट मनोनीत हुनेछन्,

केही दिनमै अध्यक्षले केन्द्रीय समितिलाई पूर्णता दिनुहुनेछ,’ गजुरेलले भने । यसअघि माओवादी केन्द्रका २ सय ४७ जना केन्द्रीय समितिमा थिए ।

बैठकमा दाहालले आंकाक्षी धेरै देखिएकाले केन्द्रीय समितिलाई पूर्णता दिन कठिन भएको सुनाएका थिए । ‘आगामी निर्वाचनमा सबैको

भूमिका तय होस् भनेर केन्द्रीय समितिलाई पूर्णता दिने प्रयास भएको थियो तर केही नाममा विवाद भएपछि पूर्णता पाउन सकेन,’ दाहालनिकट एक केन्द्रीय सदस्यले भने ।

तर, अध्यक्ष दाहालले ८५ जना वैकल्पिक केन्द्रीय सदस्य बनाउने प्रस्ताव भने बैठकले पारित गरेको छ । कुल केन्द्रीय समिति संख्याको २५

प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने दाहालको प्रस्ताव थियो । त्यो काम पनि पार्टी हेडक्वार्टरले टुंग्याउने भएको छ । वैकल्पिक सदस्यलाई मतदानको अधिकार छैन ।

आसन्न स्थानीय तह निर्वाचनको मुखमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्दा विवाद उत्पन्न हुने र त्यसले चुनावी परिणाम नै

प्रभावित पार्ने भएपछि माओवादीले पदाधिकारी चयन, पोलिटब्युरो, स्थायी समिति गठनको एजेन्डामा बैठक प्रवेश गर्न सकेन ।

१५ सदस्यीय पदाधिकारीमध्ये अध्यक्षमा दाहाल छन् भने अन्य पद खाली छन् । विधानअनुसार केन्द्रीय समिति (३४५) को एकतिहाइ पोलिटब्युरो

(११५ सदस्यीय) र पोलिटब्युरोको एकतिहाइ स्थायी समिति (३९) रहनेछ । विधानअनुसार अन्य १४ पदाधिकारी चयन हुन बाँकी छ ।

माओवादी विधानमा केन्द्रीय समितिमार्फत पदाधिकारी चयन हुने व्यवस्था छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सात, महासचिव,

उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष रहनेछन् । केन्द्रीय सदस्य युवराज चौलागाईंका अनुसार बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन पनि गर्न सकेन

कार्यविभाजनको जिम्मा नेताहरूलाई नै दिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय