काठमाडौं:

विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर बैद्य एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले अध्यक्ष ओलीसहितका नेताहरुले पार्टी प्रवेश गराउनु भयो ।

काठमाडौं क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमाण्डर हुनुहुन्थ्यो ।

त्यसपछिको उहाँ प्रतिनिधिसभा चुनावमा भने गगन थापाको चुनावी अभियानमा सहभागी हुनुभएको थियो । नेपाली कांग्रेसका महामन्त्री

गगन थापाले संसदको अवरोध जारी रहे आगामी मंसिर अगावै संघीय निर्वाचन हुन सक्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन

उद्घाटन समारोह सम्बोधनका क्रममा उनले नेकपा एमालेले संसदमा जारी राखेको अवरोध नहटे आगामी मंसिर अगावै संघीय निर्वाचन हुन सक्ने बताएका हुन्।

‘आम चुनाव मंसिरमा हुन्छ वा त्योभन्दा पहिला हुन्छ मलाई थाहा छैन। संसद यसैगरी चल्दैन। यसै गरी चल्न नदिने अवस्था रहन्छ।

संसदलाई उपहास गर्ने काम लगातार नेकपा एमालेले गरिरह्यो,’ थापाले भने, ‘हामी संवाद गरिरहेका छौँं। फकाउने कोसिस गरिरहेका छौँ।

आउनुस् भनिरहेका छौँ। कुनै पनि तरिकाले सकिएन भने त्यो बेलामा संसद किन चलाइ राख्ने भन्ने प्रसंग उठ्न सक्छ। त्यो बेलामा चुनाव अगाडि हुन पनि सक्छ।’

उनले स्थानीय तहको निर्वाचन भने आगामी वैशाख ३० मै हुने बताए। ‘संविधानले, नियमले, ऐनले, कानुनले हमीलाई निर्वाचन एक दिन पनि तलमाथि गर्ने छुट दिएको छैन,’

महामन्त्री थापाले भने, ‘वैशाख ३० गते कांग्रेसले निर्वाचन गराउँछ।’ उनले १४ औँ महाधिवेशन पनि आफूहरु पार्टीलाई विधिसम्म ढंगले चलाउन

र गुटबन्दी अन्यका लागि प्रयासरत रहेको पनि बताए। ‘हामी पार्टीलाई शतप्रतिशत विधिसम्मत ढंगले चलाउने प्रयास गरिरहेका छौं।

पार्टीभित्र शतप्रतिशत एकता निर्माणको प्रयास गरिरहेका छौँ,’ थापाले भने, ‘पार्टीलाई विधिले डोर्‍याउनुपर्छ भनेर हामी एक ठाउँमा उभिएका छौँ।

सभापतिको हातलाई बलियो बनाउनुपर्छ।’ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ५० वर्षसम्म कांग्रेस सरकारमा आउँदैन भनेको सम्झिएका छन्।

पार्टीको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेशनको उद्घाटन समारोहमा थापाले भने ‘यही

हलबाट होइन नेकपाले अब ५० वर्ष कांग्रेस सरकारमा आउँदैन भनेको। कांग्रेसको अन्तिम सरकार यही हो भनेको होइन?’ तर नेकपाले म्यान्डेटअनुसार

५ वर्षसम्म सरकार चलाउन नसकेकाले आफूहरूले जिम्मेवारी लिएको उनले बताए। ‘प्रदेश र संघमा नेकपाकै सरकार थियो। ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो तर उसले चलाउन

सकेन’, थापाले भने, ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्नै घरमा आगो लगायो। आगो लगाउनेहरूमध्ये एकथरीले खरानी घसेर देखाइदिने हो भन्दै बाहिर आए।

एकथरीले खरानीको थुप्रोमा बसेर अट्टहास गरेर हामीले जित्यौं भन्दै छन्।’ यस्तै उनले आगामी चुनावमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने दाबी पनि गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय