शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ ।

विभिन्न पार्टीबाट निर्वाचित डोटीका जनप्रतिनिधि तथा नेताहरु नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । नेकपा एसका अध्यक्ष माधव नेपालले

जिल्लाको सायल गाउँपालिका-४ का अध्यक्ष टेकबहादुर सिंह, पालिका सचिव मनोज देउवा, उप सचिव गणेश बिठाडीलाई स्वागत गरे ।

यस्तै नेबि संघ डोटीका हेमन्त मन्नी र केदार गाउँपालिका ३ का वडा अध्यक्ष भिम बहादुर विष्टलाई पनि पार्टीमा प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा पार्टी सचिव रामकुमारी झाक्री, पोलिटब्यूरो सदस्य कमरेड प्रेमबहादुर आले, जिल्ला कमिटी डोटी उपाध्यक्ष महेन्द्र

थापा तथा उप सचिव भक्त बहादुर साउदको उपस्थिति रहेको थियो । आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी नेपालकै ठूलो पार्टी बन्ने छ: रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।एमालेबाट विभाजित भएर

बनेको एकीकृत समाजवादीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार देशभर सात लाख संगठित सदस्यहरु बनाउने लक्ष्य राखेको छ।

अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा एक वडामा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य निर्माण गर्ने अभियान सञ्चालन गर्ने’ उल्लेख छ।

जसअनुसार एकीकृत समाजवादीले देशका ६ हजार ७ सय ४३ वडाहरुमा ६ लाख ७४ हजार ३ सय संगठित सदस्य बनाउने लक्ष्यअनुसार अभियान सञ्चालन गर्ने जनाएको छ।

मालेकै जस्तो ढाचा र अवधारणामा बनेको यो पार्टीले संगठित र पार्टी सदस्य गरी दुई प्रकारका सदस्यको व्यवस्था विधानमा गरेको छ।

जसअनुसार संगठित सदस्य पार्टीका सक्रिय कार्यकर्ता हुनेछन् भने पार्टी सदस्य समर्थक, मतदाता र सर्वसाधारण हुनेछन्।अपानिमा दाबी गरिएअनुसार

एकीकृत समाजवादीले देशभरी ६७ लाख ४३ हजार पार्टी सदस्य बनाउन अभियान सञ्चालन गर्ने छ।पार्टीले संगठित सदस्य र पार्टी सदस्य

निर्माणका लागि सबै जनसंगठनहरु, सबै पेशा र वयवसायका जनता माझ सदस्यता वितरण अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति लिएको छ।

‘सदस्यता वितरण गर्दा वर्गीय धरातललाई हेरी, जनसेवाको भावनामा समर्पित, पार्टीप्रति निष्ठा र समर्पण भएका, पार्टीको विचार र

नीति प्रति स्पष्ट भएका सबै वर्ग, जाति, भाषा, धर्म, लिंग, वर्ण, भूगोलका बासिन्दालाई समावेश गरिने नीति लिइने,’ अपानिमा उल्लेख छ।

एकीकृत समाजवादीले सबै जिल्ला कमिटीहरुलाई बढीमा एक महिनाभित्र पार्टी कार्यालयको स्थापना गरिसक्न, पालिका तहमा कार्यालय

स्थापना गरेर कामलाई प्रभावकारी बनाउन र पार्टी कार्यालयहरुलाई नियमित र व्यवस्थित रुपमा सञ्चालन गर्न पनि निर्देशन दिएको छ।

एकीकृत समाजवादीले आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर,

नगरपालिका, गाउँपालिका र वडाहरुमा पार्टी कमिटी गठन गरिसक्ने योजना बनाएको छ। त्यसैगरी जनसंगठनहरुका कमिटी पनि गठन गर्ने अपानिमा उल्लेख छ।

फेरि ‘फुटको डिल’मा जसपा, बाबुराम र अशोक मिल्दा उपेन्द्र एक्लै जनता समाजवादी पार्टी (जसपा) भित्र नेतृत्वलाई लिएर पुन: विवाद शुरु भएको छ ।

बाबुराम भट्टराईले अध्यक्ष मागेपछि महन्थ ठाकुर विभाजित भएको ६ महिना नपुग्दै जसपामा पुनः विवाद सुरु भएको हो ।उपेन्द्र यादवका कारण

पछिल्लो समय जसपामा चरम असन्तुष्टि बढेको छ । यसको प्रमुख कारण हो- एकलौटी निर्णय लिनु र पार्टीलाई जातिय घेराभित्रमात्रै राख्नु ।

महन्थ ठाकुरले पार्टी विभाजन गरेर गएपछि जसपामा एक अध्यक्ष पद खाली छ । उक्त खाली रहेको अध्यक्ष पदमा बाबुराम भट्टराईलाई मनोनय

गर्नुपर्ने भन्दै भट्टराई र अशाेक राई पक्षले आवाज उठाएको छ । तर यादवले भने महन्थले पार्टी विभाजन गरेर गएपछि उक्त पदको ‘च्याप्टर क्लोज’ भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय