मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ दलसँग माओवादीको एकता हुन लागेको बताएका छन् । उनको नयाँ खुलासाले राजनीति वृतमा चर्चा पाएको हो ।

यो खुलासाले नेकपा एमालेलाई धक्का लागेको छ । सत्तारुढ गठबन्धनमा रहेका चार पार्टीबीच आउँदो चुनावमा गठबन्धन गर्ने समझदारी भएको खुलासा गरेका हुन् ।

बिहीबार चितवनमा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच

आगामी चुनावमा गठबन्धन हुने बताएका हुन् । ‘हामी, एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपा र मोहनबिक्रम सिंहको पार्टीबीच

अहिले नै गठबन्धन बन्ने कुरामा प्रतिवद्धता पनि छौँ र आधार छ’ उनले भने, ‘कांग्रेससँग जहाँ निरंकुश प्रवृत्ति, प्रतिगामी प्रवृत्ति हावी हुन्छन् ।’

‘जहाँ तिनीहरु अलि बलियो छन् । त्यो ठाउँमा हामीले कांग्रेससँग सिट एडजस्टमेन्ट गर्ने बाँकी ठाउँमा प्रतिस्पर्धा गर्ने र गठबन्धनलाई

कायम राख्ने भन्ने केन्द्रीय स्तरमा समझदारी छ’ उनले भने । प्रचण्डले आउँदो चुनावमा यसरी गठबन्धन गर्न सकेमा देशको एक नम्बर मोर्चा बन्ने

र राजनीतिक नेतृत्व आफूहरुको हातमा आउने बताए । उनले पार्टीको वैचारिक, सांगठनिक स्थिति मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिए ।

‘जनतासँगको सम्बन्ध मजबुत बनाउन सकेनौं भने मोर्चाबाट मात्र सफलता प्राप्त गर्न सकिँदैन’ प्रचण्डले भने । कांग्रेसका नेताहरुले गठबन्धनमा चुनाव

नलड्ने बताइरहेका बेलामा प्रचण्डले त्यसैलाई बल पुग्ने कुरा गरेपछि राजनीतिले नयाँ मोड लिएको छ । अब देशमा त्रिपक्षीय भिडन्त हुने भएको छ ।

आगामी निर्वाचनमा एमाले, कांग्रेस र माओवादीबीच तिब्र प्रतिशपर्धा हुने छ । एमालेको बीऊ नै रहेन देशकै नमुना जिल्ला, सबै एकीकृत समाजवादीमा प्रवेश !

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पकड बलियो बनाउदै लगेको छ । यही क्रममा जुम्ला

जिल्लाको पूरै एमाले नेकपा एकीकृत समाजवादीमा विलय भएको छ । कुल ६१ जना जिल्ला समिति सदस्यमा ५८ जना एकीकृत समाजवादीतिर ढल्किएका हुन् ।

दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्यले मात्र एमालेमै बस्ने निधो गरेसँगै एमालेको पूरै भाग एकीकृत समाजवादीमय भएको हो ।

नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु मात्रै रहेको बताइएको छ । जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया,

सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला कमिटी समाजवादी पार्टीमा

रुपान्तरण भइसकेको जानकारी दिएका छन् । यसअघि जुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पदमबहादुर रोकायाले प्रदेश

निर्वाचन कार्यालयमा गएर समाजवादीमा सनाखत गरिसकेका छन् । धीर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले यसअघि निष्काशन गरिसकेको थियो ।

योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ ,शिक्षक संगठन, निजामति

कर्मचारी संगठन र त्रिवि मातहतका सबै संगठन समाजवादी लागेको एकीकृत समाजवादीले दावी गरेको छ। ०७४ को निर्वाचनमा जुम्लामा एमालेले अध्यक्षमा १,

उपाध्यक्षमा १ र १७ वटा वडामा वर्चश्व कायम गरेको थियो । जसमध्ये अध्यक्ष जितेका तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी आफु एमालेमै रहेको रातोपाटीलाई जानकारी दिए ।

यस्तै उनको वडा तहका जितेका वडा–३ वडामा कालीबहादुर रावत, ३ मा सिंह बुढा, ४ मा सन्तबहादुर शाही पनि एमालेमै रहेका छन् ।

१७ जनामध्ये ८ जना वडा अध्यक्ष एमालेमै रहेका छन् भने ३ जनाले अहिलेसम्म प्रष्ट धारणा बनाएका छैनन् । यस्तै बाँकी ६ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

उपाध्यक्षमा जितेकी सिंजा गाउँपालिकाकी जन्मकन्या खत्री यसअघि एमालेमै रहेकी थिइन् । यद्यपि, उनी एकीकृतमा खुल्ने मनसाय बनाएको समाजवादीले दावी गरेको छ ।

चन्द्रनाथ नगरपालिकाका –६ को अध्यक्षमा अजबहादुर रावल, ७ मा नरविर रावल, ८ नरजित दमाई, तालोपानी गाउँपालिका–४ को अध्यक्षमा धीर जैसी,

८ मा कृण्णबहादुर शाही लगायत वडाअध्यक्षहरूले समाजवादीमा सनाखत गरिसकेका छन् । एकीकृत समाजवादीमा पूरै

एमाले रुपान्तरित भएसँगै एमालेमा सन्नाटा छाएको छ र ठूलो झड्का लागेको छ । Source: newsparda.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय