शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्मालाई ब्याड सरप्राइज मिल्ने भएको छ । शर्माले मन्त्रालय सम्हालेको दिनदेखि निरन्तर अर्थतन्त्र ओरालो

लागेपछि र मन्त्रालयमा हालीमुहाली गर्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई तत्काल अपदस्थ गर्ने तयारी गरेका छन् ।

शर्माको कार्यशैलीप्रति असन्तुष्ट बनेका प्रधानमन्त्री देउवाले अर्थतन्त्रको राम्रो ज्ञान भएको व्यक्तीलाई ल्याउने तयारी भएको स्रोतले जानकारी दिएको हो ।

अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्रमाथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्रीले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्न थालेका हुन् ।

प्रधानमन्त्री निकटस्थहरूले देउवालाई अर्थमन्त्री परिवर्तन गरेर अर्थतन्त्रको ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिइरहेका छन् ।

प्रधानमन्त्रीले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग परामर्श गरेर निर्णय लिने तयारी गरेको देउवा निकट स्रोत बताउँछन् ।

“अर्थतन्त्रको पर्याप्त ज्ञान नभएको र जानेका व्यक्तिसँग परामर्शमा अघि बढ्ने स्वभाव पनि नभएका कारण अर्थमन्त्री परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रधानमन्त्रीले चाँडै माओवादी केन्द्रलाई परराष्ट्रमन्त्रालय दिएर भएपनि अर्थ मन्त्रालयमा अर्कै व्यक्तिलाई पठाउन सक्नुहुन्छ,” स्रोतले भन्यो,

“प्रचण्डजीले मान्नुभएन भने पनि उहाँकै पार्टीबाट अर्थतन्त्र बुझेको व्यक्ति पठाउन प्रधानमन्त्रीले भन्नुहुनेछ ।” अर्थमन्त्री शर्माले अर्थमन्त्रालयकै

विज्ञ कर्मचारीसँगसमेत परामर्श नगरी निर्णय लिने गरेको, मातहतका निकायका पदाधिकारीसँग एक्लै छलफलमा बस्ने गरेको तथा

जुनियर कर्मचारीको सरुवामासमेत चासो राख्ने गरेको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरूसमेत असन्तुष्ट छन् । अर्थमन्त्री शर्माले सेयर बजारका विषयमा दिएका

अभिव्यक्तिको पनि चर्को आलोचना भएको थियो । यसअघि ऊर्जा मन्त्रालयमा सफल छवि बनाएका शर्मा अर्थ मन्त्रालयमा आएपछि छवि सुधार हुन सकेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय