शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ठूलो दुर्घटनामा परेका छन् । एमसीसी संसदबाट अनुमोदन गरेर देशलाई दुर्घटनाबाट बचाएको बताउने

प्रचण्ड आफै ठूलो दुर्घटनामा परेका छन् । प्रतिनिधीसभा संसदबाट एमसीसी पारित भएपछि नेकपा माओवादी केन्द्र नेता नरायणकाजी श्रेष्ठ

नयाँ पार्टी बनाउने तयारीमा जुटेपछि प्रचण्डसहित उनको पार्टी अर्को दुर्घटनामा पर्ने भएको छ । नेता लिलामणी पोखरेलले यसअघि एमसीसी

पास गरे पार्टी छाड्ने सार्वजनिक रुपमै घोषणा गरेका थिए । उनीसहित श्रेष्ठ र अरु केही नेता गम्भीर नैतिक संकटमा परेका छन् ।

माओवादी केन्द्रलेनै एमसीसी पारित गराएपछि उनी नैतिक संकटमा परेका हुन् । एमसीसी विरुद्ध माओवादी केन्द्र भित्र बहस सुरुवात गराउँने जस पोखरेललाईनै जान्छ ।

तत्कालिन नेकपाकै समय देखि पार्टी भित्रै एमसीसी विरोधी अभियान चलाएका पोखेरेल एमसीसीको सन्दर्भमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी

नेकपाले गरेको एक निर्णयमा नोट अफ डिसेन्ट राख्ने एक मात्रै नेता थिए । एमसीसी बारे सम्पुर्ण डकुमेन्ट सहित सार्वजनिक रुपमा

क्याम्पेनिङ चलाइरहेका नेता पाखेरेल आफेनै पार्टी एमसीसीको पक्षमा पुगे पछि स्तब्ध भएका छन् । एमसीसीलाई इन्डोप्यासिफीक

रणनितीको अंगनै भएको र यो अमेरिकी सैन्य रणनितीनै भएको दाबी गर्दै आएका पोखरेलले माओवादी केन्द्रलेनै एमसीसी पारित गराए पछि विखलवन्दमा परेका छन् ।

माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ निकट मानिने पोखरेलले आफ्नो पार्टीले एमसीसी पारित गरेमा आफूले माओवादी केन्द्र परित्याग गर्ने सार्वजनिक घोषणा गरेका थिए ।

एक टेलिभिजन सँगको अन्तर्वातामा पोखरेलले माओवादी केन्द्रले एमसीसी पारित गराए आफूले पार्टी परित्याग गर्ने घोषणा गरेका थिए ।

पोखरेलले माओवादीले एमसीसी पारित गराए पार्टी छोड्छु भनेर घोषणा गरेको क्लिप अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ ।

पैसाका लागी आमा बेच्नेहरुले मात्रै एमसीसी राम्रो भन्न सक्ने र एमसीसी बोक्नेहरु सबै साम्राज्यवादका दलाल हुन भनेर बोल्दै आएका

पोखरेलले एमसीसी पारित भए पछि खासै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । एमसीसी पास भएको भोलिपल्ट दिनभर पोखरेल मोवाइलको स्विचअफ गरेर बसेका थिए ।

अहिले पनि मिडियामा बोल्नबाट टाढै बस्दै आएका उनको मोवाइल स्विच अन भए पनि फोन उठ्न छोडेको छ । नारायणकाजी श्रेष्ठ सहित व्याख्यात्मक

घोषणाको औचित्य छैन भन्ने लाइनमा रहेका नेताहरु माओवादी केन्द्र बाट विद्रोह गर्ने मुडमा पुगेका छन् । लिलामणी सहित गिरिराजमणी पोखरेल

अन्जना विसूंखे लगायतका नेताहरु अब माओवादी केन्द्रमा प्रचण्ड सँग टासिँन नहुने निष्कर्षमा पुगेका छन् । स्रोतले अनुसार लिलामणी

पोखरेलले नारायणकाजी श्रेष्ठलाई छिटो निर्णय गर्न सन्देश पठाएका छन् । सामुहिक बिद्रोह गर्न नसक्ने हो भने आफू एक्लै भए पनि

माओवादी केन्द्रबाट अलग हुने सन्देश पोखरेलले श्रेष्ठलाई पठाएको बताइएको छ। रोचक कुरा त के छ भने पोखरेलकै श्रीमती शशि

श्रेष्ठ परमादेशबाट बनको देउवा सरकारको मन्त्री रहेकी छिन् । मन्त्री श्रेष्ठले अहिले सम्म एमसीसीको बारेमा कुनै सार्वजनिक अभिव्यक्ति दिएकी छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय