बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

नेकपा एमालेले सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएको छ । आज एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरिएको हो । एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ६ वटा खाली कागजमा

हस्ताक्षर संकलन गरिएको खुलाए । हस्ताक्षर संकलन गर्दा ५ जना सांसदले भने अस्वकिार गरेका छन् । खाली कागजमा हस्ताक्षर संकलन गर्न अस्वीकार गर्नेमा डा. भीम रावलसहित उनीनिकट सांसदहरु छन् ।

रावलले हस्ताक्षर गर्न लिखित रुपमा नै अस्वीकार गरेका छन् ।विगतमा माधवकुमार नेपालनिकट रहेका र एमाले फुट्दा पार्टी नछाडेकाहरुमध्येले हस्ताक्षर गर्न नमानेका हुन् । तर, लालबाबु पण्डित, मोहन बाँनिया, कृष्णभक्त पोखरेल

र विमला विकलगायतले भने हस्ताक्षर गरे । खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गर्ने एमाले सांसदहरु :  १. डा. भीम रावल / २. घनश्याम भुसाल / ३. पवित्रा निरौला खरेल / ४. झपटबहादुर रावल / ५. दिपकप्रकाश भट्ट

एमाले संसदीय दल बैठक : चोलेन्द्रलाई बोकेरै हिँड्नेमा एमाले छैन: नेकपा एमालेको संसदीय दलको बैठक सकिएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको हाे ।

एमाले संघीय संसदीय दलको निकै लामो समयपछि बैठक बस्यो । अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सांसदहरू भीम रावल, घनश्याम भुसाल, महेश बस्नेत, गोकुल बास्कोटा,

झपट रावल, बिमला विश्वकर्मा लगायतले आफ्नो भनाइ राखेका थिए । एमाले सचेतक विशाल भट्टराईका अनुसार प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाको विरुद्धमा दर्ता भएको महाभियोगको बारेमा

आजको बैठकमा छलफल भएको थियो। बैठकले अहिलेको बेलामा आएको यो महाभियोग प्रस्तावलाई एमालेले गलत नियतका साथ आएको रूपमा हेरेको छ । उनले भने, ‘जुन बेलामा जसरी आयो, जे नियतले आयो ।

अदालतलाई गिजोलिरहने र निर्वाचन सार्ने र एमसिसी पास गर्ने गलत उद्धेश्यका साथ आएको भन्ने एमाले बैठकमा छलफल भएको छ।’ प्रधानन्यायाधीश विरुद्धमा दर्ता भएको प्रस्तावलाई कसरी हेर्ने ?

र एमसिसीको विषयलाई कसरी अघि राख्ने भन्ने विषयमा आजको बैठक केन्द्रित भएको भट्टराईले जानकारी दिए । ‘अहिले प्रधानन्यायाधीशविरुद्ध आएको महाभियोग निर्वाचनलाई सार्न खोज्ने वा टार्न खोज्ने ।

एमसिसीलाई गठबन्धनबाट पारित गर्ने र निरन्तर हमला गरिरहने भएको छ । प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरालाई बोकेर हिँड्ने भन्ने नेकपा एमालेको भनाइ छैन’, उनले भने । समयमा नै यसबारे अरु निर्णय लिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय