शुक्रबार , चैत्र १६, २०८०

पहिलाे अपडेट/ साउन ११, अर्घाखाँची

राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल अर्घाखाँचीका नवनिर्वाचित पदाधिकारि तथा सदस्यहरु सम्मानित भएका छन् ।

स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीले अाज सन्धिखर्कमा अाैपचारिक कार्यक्रमकाे अायाेजना गरि सम्मान गरेकाे हाे ।

बधाई सम्मान तथा शुभकाकना कार्यक्रममका मन्तव्य राख्दै अग्रज पत्रकार एवं प्रतिष्ठानका पुर्व अध्यक्ष सहयाेगी बिसिले लाेक तथा दाेहाेरी गित क्षत्रकाे विकासकाे लागि अाफुहरुले सक्दाे सहयाेग गरेकाे बताउदै अागामी दिनमा पनि रचनात्मक सहयाेगकाे प्रतिवद्दता व्यक्त गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै लाेक तथा दाेहाेरी गित प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष राजेन्द्र जिसीले लाेक गित  संगित क्षत्रमा रहेका बिकृतीहरुलाई चिर्दै शशक्त ढंगले अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सदस्य वसन्त श्रेष्ठ, स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष हरिप्रसाद भुसाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष राधा अाचार्य, द्वितीय उपाध्यक्ष मदन नेपाली, महिला उपाध्यक्ष चन्द्रा गैरे, सचिव सागर परियार, काेषाध्यक्ष सन्ताेष शर्मा, सहसचिव बिजय सुनाम, सहकाेषाध्यक्ष तेज बहादुर नेपाली, सदस्य एवं प्रवक्ता तेजेन्द्र पाण्डे, सदस्य ठाकुर गन्दर्भ, कमल खड्का, दुर्गा सुनार, मान बहादुर नेपाली लगायतलाई सामुहिक सम्मान तथा बधाई ज्ञापन गरिएकाे हाे ।

कार्यक्रममा संस्थाका अध्यक्ष अम्विका श्रेष्ठले खादा अर्पण गर्नुभएकाे थियाे भने काेषाध्यक्ष अनिता भुसालले टीका प्रदान गर्नुभएकाे थियाे ।

कार्यक्रम संस्थाका अध्यक्ष अम्विका श्रेष्ठकाे अध्यक्षता र सचिव शिव बेल्वासेकाे संचालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय