शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं:

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओलीका ठाउँमा आफू भएको भए राजनीतिबाटै सन्यास लिने बताएका छन्।

अध्यक्ष भट्टराईले सोमबार राति कान्तिपुर टेलिभजनमा प्रसारित फायर साइड कार्यक्रममा प्रस्तोता रुपेश श्रेष्ठले गरेको प्रश्नको जवाफमा यस्तो बताएका हुन्। भट्टराईले ओली नैतिकताविहीन व्यक्ति भएको आरोप समेत लगाए।

गठबन्धन सरकारको नियत चाहिँ प्रतिनिधिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचन एकै चोटी गर्ने वा गराउने हो ? भन्ने प्रस्तोता श्रेष्ठको प्रश्नको जवाफमा भट्टराईले भने, ‘यस्तो आरोप लगाउन ओली नेतृत्वको प्रतिपक्षलाई नैतिक अधिकार नै छैन,

उहाँको ठाउँमा म भए राजनीतिबाट सन्यास लिएर क्षमा याचना गरेर बस्थे, हामी लोकतन्त्रका लागि लडेर आएका हौं।’ कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रतिनिधिसभाको निर्वाचन र स्थानीय तहको निर्वाचन एकै

चोटी गर्ने गठबन्धनको नियत नरहेको दाबी समेत गरेका छन्। तर, सम्भव भए एकै चोटी वा नजिक-नजिकको समयमा चुनाव गर्नसके खर्च कम हुने भट्टराईको भनाइ छ। यहिअबस्थामा चुनाव भए माओवादी ६० र समाजवादीले ५१ सिट जित्ने।

एमालेको अबस्था यस्तो…आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो । त्यतिबेलाको दुई कम्युनिस्ट पार्टीले पाएको मतलाई आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ?

एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८ जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए ।

१६५ निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादीको मात्र जोड्दा ११४ हुन आउँछ । यो प्रत्यक्षतर्फ निर्वाचित संख्याको दुई तिहाई हो । माओवादीसँगको गठबन्धनले ७८ स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन सकेको एमालेले

आउँदो निर्वाचनमा यही सफलता दोहोराउने सम्भावना कमजोर छ । माओवादीसँग एमालेको गठबन्धनको सम्भावना देखिदैन । अर्कोतर्फ, एमाले आफै फुटेको छ । विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ७८ मध्ये ३१ जनाले १०

हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए ।

यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ । माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा जीत सुनिश्चित भएको हो ।

बाँकी ३० सिटमा पनि कम्युनिस्ट एकता नहुँदा जीत निकै कठिन हुने देखिन्छ । त्यसमाथि एमाले समेत विभाजित भएको छ । माधव नेपालले एमालेको २० प्रतिशत मात्र शक्ति आफ्नो साथमा लगेको आँकलन गर्ने हो

भने पनि एमालेलाई चुनावमा ठूलो झड्का लाग्ने स्पष्ट देखिन्छ । प्रत्यक्षतर्फ चुनावमा ७८ मध्ये ३१ जनाले मात्र १० हजार मतान्तरले जितेको तथ्यांक छ । त्यो माओवादी समेतसँग गठबन्धनले हो ।

यसलाई केलाउँदा ३१ बाहेकको सिटमा एमाले पराजित हुने सम्भावना बलियो छ । यसको अर्थ चुनाव भएमा एमालेले प्रत्यक्षतर्फ जितेको ४७ सिट गुमाउने सम्भावना बिलियो छ । समानुपातिकतर्फ पनि २० प्रतिशत मत घट्दा ३० मध्ये कम्तिमा ६ देखि १० सिट गुम्ने स्थिति छ ।

फुटको अवस्थामा चुनावमा गए एमालेले अधिकतम ६० सिटभन्दा बढी जित्ने सम्भावना देखिदैन । यसको अर्थ केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले अहिलेको नेपाली काँग्रेसको प्रतिनिधि सभामा सिट संख्याभन्दा पनि कम संख्यामा पुग्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय