बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

स्थानिय तहको चुनाव नजिकिरहेका बेला सत्ता गठबन्धनका दल नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौताको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले फागुन १ गते देशभर एकैपटक एमसीसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

उक्त दिन दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख तथा पार्टी उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिनुभयो ।

विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई निर्देशन समेत दिइएको उहाँले बताउनुभयो ।सरकारले अब बस्ने संसद बैठकबाट एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको छ ।

तर सत्ता गठबन्धनभित्रै पनि एमसीसीका बारेमा मतान्तर रहेको छ । सत्ता साझेदार एकीकृत समाजवादीले एमसीसीका केही बूँदा आपत्तिजनक रहेको निष्कर्ष निकाल्दै विना संशोधन पास गर्न नहुने अडान राखेको छ ।

तर एमसीसी मुखयलयले हुबहु सम्झौता पास गर्न फागुन १६ को समयसीमा समेत तोकेर ताकेता गरेपछि नेपालका दलहरु आन्दोलित बनेका हुन् ।निर्वाचन आयोगले स्थानीय चुनावको तयारीलाई गति दिएको छ ।

३० वैशाखमा चुनाव हुने तय भएपछि आयोगले २ वैशाखमा उम्मेदवारी दर्ताको तयारी गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि ६ चैत्रमा खुलाउने बुझिएको छ ।

निर्वाचन आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ । १४ वैशाखमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी समेत भएको छ ।

आयोगले मतदाताको अन्तिम नामावली प्रकाशनका लागि समेत गृहकार्य गरिरहेको छ । आयोगले परम्परागत तरिकाले स्वस्तिक छाप लगाउने गरी मतदानको ढाँचा बनाएको छ । तर, उपत्यकाको हकमा विद्युतीय मतदान हुनसक्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय