बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले बैशाख ३० गते एकै चरणमा देशभर स्थानिय तहको निर्वाचन गर्ने गरि मिती घोषणा गरेको छ भने अर्को तिर प्रधानमन्त्री देउवाले केहि दिन भित्रै एमसीसी सदनबाट परित गराउँने गरि दबाव बढाउँदै लगेका छन् ।

देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन न्वारन देखीको बल लगाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल अहिले निकै अप्ठेरोमा परेका छन् । माअ‍ोवादी र एस पार्टी भित्र एमसीसी विरोधी मतको दबदवा

रहेका कारण उनीहरु नत गठबन्धन तोड्न सक्ने नत एमसीसी पास गर्न सक्ने अवस्थामा पुगेका छन् । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एसले फागुन १ गते एमसीसीको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रका अध्यक्ष

पुष्पकमल दहाल प्रचण्डले एमसीसी पारित गर्न तयार छौँ भनेर अमेरिकालाई लेखेको पत्रनै सार्वजनिक भए पनि अहिले अथाअवस्थामा एमसीसी पारित गर्न नसकिने प्रष्ट पारेका छन्।

नेकपा मोआवादी केन्द्रको हालै सम्पन ८ औँ महाधिवेशनले अमेरिकालाई साम्राज्यवादी भनेको छ भने एमसीसी संशोधन विना पारित गर्न नसकिने निर्णयनै गरेको छ । पार्टीमा बलियो रहेको एमसीसी विरोधी मतलाई नाँघेर अघि बढ्न नसके पछि प्रचण्डले नयाँ तुरुप खेल्न थालेको चर्चा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा सँग संयुक्त हस्ताक्षर गरेर एमसीसी बोर्डलाई लेखेको पत्र सार्वजनिक भए पछि देउवासँग प्रचण्ड आक्रोसित भएको बताइएको छ । प्रचण्डलाई बदनाम गराउँनैका लागी देउवाले योजनाबद्ध रुपमा पत्र सार्वजनिक गराएको निष्कर्ष सहित देउवा सँग बदला लिने तयारीमा प्रचण्ड लागेको बताइन्छ ।

राजनितीलाई सम्भावनाको खेल भनेर सँधैभरि तर्क गरिरहने प्रचण्डले नयाँ सम्भावनाको खोजि र विमर्श पनि गर्न थालेको बताइएको छ । प्रचण्ड निकट स्रोतले दाबीका साथ ओटीभी नेपाललाई दिएको सूचना अनुसार एमसीसी रोक्ने अन्तिम अस्त्रको रुपमा एमाले

अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउँने सम्मको तयारी प्रचण्डले गरेका छन् । यथाअवस्थामा माओवादी र नेकपा एसले मात्रै विपक्षमा लाग्दा पनि एमसीसी नरोकिने र त्यस्तो अवस्थामा काग्रेस, एमाले मिलेर एमसीसी पनि पारित गराउँने , गठबन्धन भत्कने ,

चुनाव पनि नराम्रो सँग हारिने लगायतका क्याल्कुलेसन सहित एमसीसी रोक्न र आफ्नो राजनितीक अस्तित्व रक्षाका लागी भए पनि ओली सँग मिल्नु पर्ने अवस्थामा प्रचण्ड पुग्न लागेको बताइएको छ ।

केहि दिन अघि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसँग गोप्य भर्चुअल बार्ता गरेका प्रचण्डले बाम गठबन्धन बन्ने सर्तका चिनबाट पनि सहयोग पाउँने संकेत पाएका छन् । नेकपा एसका नेता झलनाथ खनालले त सार्वजनिक रुपमा मुखै खोलेर काग्रेसले गठबन्धन तोडे एमालेसँग गठबन्धन गरिने बताइसकेका छन् ।

प्रधानमन्त्री हुँदा एमसीसी पारित गराउँन लागेको देखिए पनि अहिले एमाले अध्यक्ष ओलीले यस बिषयमा केहि बोलेका छैनन् । सत्तागठबन्धनले क्लियर गरे पछि मात्रै एमालले आधिकारिक निर्णय गर्ने भन्दै च्याँखे थापिरहेका ओलीको चौथो पटक मुलुकको प्रधानमन्त्री बन्ने भाग्य खुल्न लागेको चर्चा राजनितीक बजारमा बेजोड रुपले चल्न थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय