बुधबार , मंग्सिर १४, २०७९

काठमाडौ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

एमसीसीबारे एमालेभित्र दुई लाइन ! पक्ष र विपक्षमा मत बाझियोपार्टीभित्र छलफल भएको छैन,

संशोधनविना पारित गर्नुहुन्न : युवराज ज्ञवालीप्रमुख प्रतिपक्ष दल नेकपा एमालेभित्र अमेरिकी

सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई हेर्ने सवालमा अन्तर्विरोध देखिएको छ ।

एमसीसी सम्झौता संशोधनबिना कुनै हालतमा अनुमोदन गर्नुहुँदैन भन्ने धारको नेतृत्व

पूर्वउपाध्यक्ष समेत रहेका एमाले नेता भीम रावलसहित विगतमा १० बुँदे पक्षधर भनेर चिनिएका नेताहरूले गरिरहेका छन् ।

अध्यक्ष केपी शर्मा ओली लगायतको अर्को समूह यही अवस्थामा भए

पनि एमसीसी अनुमोदन गर्दा फरक नपर्ने पक्षमा छ ।

एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका अध्यक्ष ओलीको समूहमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,

उपाध्यक्षहरू विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरू छन् ।

तर, राष्ट्रहित विपरीतका बुँदाहरू संशोधनबिना अनुमोदन गर्नुहुँदैन भन्ने विचार राख्ने पक्षमा

भीम रावलसहित उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सचिवहरू योगेश भट्टराई,

गोकर्ण विष्ट र घनश्याम भुसाल लगायतका नेताहरू उभिएका छन् ।

यद्यपि उनीहरू नेता रावलका जसरी सार्वजनिक रूपमा खुल्न भने सकेका छैनन् ।स

रकारले एमसीसी सम्झौता संसद्बाट अनुमोदनका लागि अघि बढाउने प्रयास गरिरहेका बेला

जनमानसमा र सत्तापक्षमै संशोधनबिना अघि बढाउन नहुने आवाज

चर्को रूपमा उठेको छ । तर, यहीबेला एमालेले एमसीसीबारे अहिलेसम्म आफ्नो कुनै पनि संस्थागत धारणा सार्वजनिक गर्न सकेको छैन ।

‘पहिला सरकार र सत्तारुढ दलको धारणा आएपछिमात्रै हामी हाम्रो धारणा सार्वजनिक गर्छौँ’,

एमसीसीबारे एमालेका अधिकांश नेताहरूले दिने जवाफ यही हुने गरेको छ ।अध्यक्ष केपी ओलीदेखि

महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूले पछिल्लो

पटक एमसीसीबारे दिएका अभिव्यक्तिमा पनि कुनै स्पष्टता देखिँदैन ।

आइतबार बालुवाटारमा भएको तीन दलको छलफलमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही किसिमको अमूर्त धारणा राखेका थिए

।यसअघि ओलीले आफ्नो नेतृत्वको सरकार रहँदा एमसीसी संसद्बाट अघि बढाउन खोजे पनि सभामुख अग्नि सापकोटाले बाटो छेकेको बताउने गरेका थिए ।

source: sadaksanchar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय