
काठमाडाैँ ।
काठमाडौंको कपुरधारास्थित एक घरमा बरामद पेस्तोलको अनुसन्धानका क्रममा कांग्रेसका वडा सभापति पक्राउ परेका छन् ।



सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–७ का सभापति मिलनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले भाडामा लिएको कोठाभित्र प्रहरीले गत ८ कात्तिकमा पेस्तोल, चारवटा गोली र दुईवटा म्यागजिन बरामद गरेको थियो ।
लामो समयसम्म पनि कोठामा उनी नआएको र भाडासमेत नतिरेको भन्दै घरधनीले वडा कार्यालयमा उजुरी दिएपछि
प्रहरीको रोहवरमा कोठा खोल्दा पेस्तोल बरामद भएको हो ।
काठमाडौंमा नभेटिएपछि प्रहरीले उनको खोजी गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई पत्राचार गरेको थियो । सोलुखुम्बु प्रहरीले बिहीबार पक्राउ
गरी राईलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेलाई बुझाएको छ । वृत्तका प्रमुख डिएसपी दुर्गा दाहालका अनुसार हातहतियार तथा खरखजना मुद्दामा
राईमाथि अनुसन्धान भइरहेको छ ।
राईले भने आफ्नो कोठामा अन्य कसैले हतियार राखिदिएको दाबी गरेका छन् । गुन्डागर्दीको क्रममा उनले पेस्तोल राखेको सूचना प्रहरीले पाएको छ ।
उनीसँग दुईवटा नागरिकता र पासपोर्ट भएको आशंकामा समेत प्रहरीले छानबिन थालेको छ ।
सोलुखुम्बुबाट मिलनकुमार राई तथा सुनसरीबाट मिलन राईको नाममा छुट्टाछुट्टै पासपोर्ट लिएका हुन् । त्यससम्बन्धी कागजपत्र उनको कोठाबाटै
बरामद भएपछि प्रहरीले त्यसमा छुट्टै छानबिन थालेको हो ।
प्रहरीले उनका नागरिकता र पासपोर्टका विवरण सोलुखुम्बु र सुनसरी जिल्ला प्रशासनसँग मगाएको छ ।
एमसीसी पढेलेखेको मान्छेले कदापि बिरोध गर्दैन अनपढ गवार बेरोजगारि हरु नबुझि नबुझि सडकमा ऊफ्रदै छन : केपि ओली
पुर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा वलीले अमेरिकन प्रोजेक्ट एमसीसी प्रचण्डले पास गर्न नदिएको बताएका छन । वलीले प्रधानमन्त्री
भएको बेला संसद बाटै एमसीसी पास गर्नको लागि पटकपटक प्रयास गरेका थिए तर प्रचण्ड लगायत तत्कालीन नेकपाका केही नेताहरुले असहमत जनाएको कारण उनि सफल हुन सकेनन ।