काठमाडौं ।
सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ताघटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार बोलाएपछि
राजनैतिक वृतमा नयाँ हलचल आएको छ। गठबन्धनको प्रमुख दलको रुपमा दाबी गर्ने नेकपा एकीकृत समाजवादीलाई
देउवाले बैठकमा नबोलाएपछि माधव नेपाल एक्लिएका छन् । स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्री निवास वालुवाटारमा
छलफल हुँदा माधव नेपाललाई बोलाउन देउवा प्रचण्डले समेत जरुरी नठानेपछि नेपाल ससंकित बनेका छन् ।
संसदमा एमालेले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका सांसदहरुलाई ‘गैरसांसद’ को संज्ञा दिंदै आएको अवस्थामा माधव नेपाललाई एक्लाएर प्रचण्ड
देउवाले ओलीसंग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरीएको छ।
प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवालाई भेट्न प्रचण्ड र
ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । तीन नेताबीचको भेटमा एमाले महासचिव शंकर पोखरेल र
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी छन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवालाई भेट्न प्रचण्ड र ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् ।
तीन नेताबीचको भेटमा एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी छन् ।