बुधबार , बैसाख १२, २०८१

बागलुङ । अविरल वर्षासँगै मंगलबार बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिकामा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्यामिरेकी १७ वर्षीया सीता गौतम रहेकी छन् ।

प्रहरीका अनुसार आज गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको हो । गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो ।

एक घण्टापछि गौतमको शव पहिरोबाट बाहिर निकालिएको बताइएको छ । पहिरोमा एउटा लैनो भैँसी, एउटा पाडो र दुई बाख्रासमेत पुरिएको बताइएको छ । मृतक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनको मृत्युपछि परिवार शोकमा रहेको छ ।

पछिल्लो समय देशभरबाट बाढी पहिरोमा परी ९० जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै आज गुल्मिमा पनि पहिरोमा परी छ जनाको मृत्यु भएको छ ।स्मार्ट न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय