काठमाडौँ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले
नेताहरुको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन्।
शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई
सम्बोधन गर्दै मन्त्री आलेले नेताहरुको कारण देश बिग्रिएको बताए।
नेताहरुको चरित्र असल भएको भए देशको यो हालत नहुने भन्दै उनले नेताहरुको कुदृष्टिका कारण देश बिग्रिएको बताए।
देश बिग्रिनुको पहिलो दोष राजनीतिज्ञहरुलाई जाने उनले बताए।
मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्र्तगतको विभिन्न अनियमितताहरुको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे।
उनले तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले बतास समुहसँग सेटिङ गरि सस्तोमा जग्गा भाडामा उपलब्ध
गराउनेदेखि विभिन्न निकायहरुमा बतास समुहसँग सम्बन्धित मान्छेहरुलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाए।
उनले भने, ‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डरप्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो।
परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन। हतार हतारमा टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ।
हेर्दाखेरी सबै प्रक्रिया गलत छ। उहाँ बतासकै पार्टनर रहेछन् डिमप्रसाद पौडेलजी।”
“त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभयो। बतासलाई यता धर्मशाला बुझाउनुभयो।
यता ल्याएर निगमको एमडी बनाउनुभयो। बतास र धनन्जय रेग्मी पार्टनर।
अनि उहाँलाई ल्याएर पर्यटन बोर्डको सीईओ बनाउनुभयो। कस्तो सेटिङ हेर्नुस्। अनि कसरी बन्छ त हाम्रो देश?’
उनले थपे, ‘सबभन्दा बढी यसको गल्ती भनेको म आफैँलाई भन्छु, नेताहरुले गर्दाखेरी हाम्रो देश बिग्रिएको।
नेताहरुको चरित्र असल भएको भए यो नेपाल अहिले यो अवस्थामा हुन्थेन।”
“जम्मै नेताहरुको कुदृष्टिको कारणले गर्दा भएको हो। यो देश बिग्रिने पहिलो कारण भनको पोलिटिसिएन।
सेकेण्ड चाहीँ ब्युरोक्र्याट पनि होलान्। तर सबभन्दा बढी दोषी भनेको पोलिटीसिएन हुन्।’
उनले मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि बताए।
मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्दे्रश्य राख्ने पनि उनले उल्लेख गरे।
उनले भने, ‘कतै नहिच्किचाएर म भन्न चाहन्छु, मन्त्रीहरु कतिपय मैले के देखेको छु भन्दाखेरी कुनै राम्रो लाभको पदमा पठाउनुपर्यो भने पहिल्यै बार्गेनिङ हुँदोरैछ त्यहाँ।
अनि बार्गेनिङ भइसकेपछि उसले किन काम गर्छ त? उसको मुख्य लक्ष्य हुन्छ कसरी कमाउने?
किनकी उसले त बुझाएर आएको हुन्छ नि त। उसको इन्ट्रेष्ट त त्यो हुन्छ नि।
मन्त्री आलेले सबै अप्ठ्यारो कानूनहरुलाई संशोधन गरेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने बताए।
सरकारले पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजि भइरहेको भन्दै उनले सो
गन्तव्यहरुको विश्वभर प्रचार प्रसार गरेर धेरै भन्दा धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिए।