बुधबार , बैसाख १२, २०८१

काठमाडौं:

राप्रपामा राजेन्द्रले बढाए शक्ति, कमल थापा फरक बाटो रोज्दै थापा पक्ष भन्छ–लिङ्देनका

कारण पार्टी दुर्घटनातर्फउन्मुखराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि

पार्टीभित्र विभाजनको रेखा कोरिँदै गएको छ ।मङ्सिर दोस्रो साता सम्पन्न पार्टी

महाधिवेशनमा पराजित कमल थापाले निर्मल निवासको हस्तक्षेपकाकारण आफूले हार बेहोर्नुपरेको

दाबी गर्दै आएका छन् ।उनले यो विषयलाई पार्टीले छानबिनको विषय बनाउनुपर्ने निरन्तर माग

अघि सार्दै आए पनि अध्यक्ष लिङ्देनले अहिलेसम्म सुनुवाइ गरेका छैनन् ।

उनले यो विषयलाई पार्टीले छानबिनको विषय बनाउनुपर्ने निरन्तर माग अघि सार्दै आए पनि अध्यक्ष

लिङ्देनले अहिलेसम्म सुनुवाइ गरेका छैनन् ।यस्तै केन्द्रीय समितिमा पनि लिङ्देनकै बहुमत देखिएको छ ।

कुनैबेला पार्टीमा शक्तिशाली अध्यक्ष रहेका कमल थापा अहिले केन्द्रीय समितिदेखि पार्टीका कुनै पनि बैठकमा सहभागी नहुने अवस्था बनेको छ ।

अध्यक्ष लिङ्देनले निर्मल निवासको हस्तक्षेपबारे छानबिन थालेपछि मात्रै पार्टीको बैठकमा सहभागी हुने थापाले बताउँदै आएका छन् ।

कुनैबेला पार्टीमा शक्तिशाली अध्यक्ष रहेका कमल थापा अहिले केन्द्रीय समितिदेखि पार्टीका कुनै पनि बैठकमा सहभागी नहुने अवस्था बनेको छ ।

अध्यक्ष लिङ्देनले निर्मल निवासको हस्तक्षेपबारे छानबिन थालेपछि मात्रै पार्टीको बैठकमा सहभागी हुने थापाले बताउँदै आएका छन् ।

थापाले यसबारे ध्यानाकर्षण गराउँदै लिङ्देनलाई दुई पटक पत्र नै पठाइसकेका छन् । पहिलो पत्र मङ्सिर २७ मा

लेखेका थापाले दोस्रो पत्र केही दिनअघि अर्थात् माघ १६ गते लेखेका हुन् ।महाधिवेशनपछि असन्तुष्ट बनेका थापाले

निरन्तर निर्मल निवासको विरोध गर्दै आएका छन् भने आफू सक्रिय राजसंस्थाको पक्षमा पनि नरहेको धारणा सार्वजनिक गर्दै आएका छन् ।

उनले मङ्सिर १७ को पत्रमा लिङ्देनलाई भनेका थिए, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष छानबिन समिति बनाउनुहोस् ।

Source : sadaksansar.com

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय